ताजा अपडेट

आम्दानीको स्रोत बन्दै कृतिम जलासय

          |   148 Views   |   Published Date : 5th August 2018 |

38519181_2037496386580766_2523911881949708288_n रीता लामा दाङ साउन २० ।  कुनै समय एक गाग्रो पानी ल्याउन र गाई बाख्रालाई पानी खुवाउन कटुवाखोलासम्म आउनुपर्ने बाध्यता अहिले घोराही १७का बासिन्दालाई हटेको छ । करिव ७ बर्ष पहिले गाउँमा पानीको खडेरी परे पछि उनीहरुले नगरपालिकासँग पोखरी निर्माणको लागि माग गरे । नगरपालिकाले पनि केही रकम दियो ।

वस्तुभाउलाई पानी खुवाउनकै लागि भए पनि पोखरी निर्माण गरि आकासे पानी जम्मा गर्ने उनीहरुको योजना थियो । सोही अनुरुप नरपालिकाको आर्थिक सहयोग र गाउँलेको श्रमदानबाट सानो पोखरी निर्माण भयो । घोराही १७ आरोग्य टोलका हिरामणि पोखरेल भन्छन ‘गाउँमा पोखरी निर्माण गरे पछि बस्तुभाउलाई पानी खुवाउन मात्र होइन, सिचाइको सुविधा पनि भयो ।’ सोही पोखरीलाई ठुलो बनाउने सोच उनीहरुमा पलायो । स्थानिय निकायसँग केही बजेट माग गरे । पाए पनि । हरेक बर्ष केही न केही रकम पोखरीको स्तर बृद्धिको लागि पाए पछि र पोखरीलाई ठुलो जलासयमा परिणत गर्नको लागि गाउँले जुटे पछि अहिले गाउँ बाह्रैमास हरियाली हुन पुगेको आरोग्य टोलका अध्यक्ष पोखरेल बताउछन । अहिले पोखरीमा आफुहरुले माछापालन, गरिरहेको र सोही पानीले बेमौसमि तरकारी खेति एवम रोपाई पनि सोही तालको पानीबाटै गरिरहेको उनी बताउछन ।


यसैगरि घोराही १८को सालघारीमा रहेको जलायसले पनि गाउँमा हरियाली ल्याएको छ । त्यतीमात्रै होइन गाउँमा जलाशय बने पछि ट्युवेल र कुवाको पानी समेत सुक्न छोडेको स्थानियहरु बताउछन । घोराहीको कटाहीमा रहेको अर्को जलाशयले पनि खेतिपातीमा निकै टेवा पुरयाइरहेको स्थायन छल्लु चौधरी बताउछन । जलाशय निर्माण समितीका अध्यक्ष समेत रहेका चौधरी जलाशयकै कारण पहिले आकाशे खेति गर्ने ४० विगाहा जमिनमा सिचाइ हुन थालेको उनी बताउछन ।
अनुगमनको क्रममा घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले आफुहरुले जनताहरुलाई आयआर्जनमा लगाएर समृद्धी ल्याउने खालको विकासे काम गर्न खोजेको बताए । उपमहानगरले गरेका अरु विकासे काम भन्दा ्हिउदको समयमा खडेरी पर्ने गाउँमा जलाशय निर्माण गर्दा धेरै बहुउपयोगी फाइदा स्थानियले पाइरहेको दावि गरे । उनले खेतिपानी, माछापालन, ढुङ्गा संचालन गरेर पनि स्थानियले फाइदा लिइरहेको उनको भनाई छ ।
जलाशयको बारेमा जानकारी दिदै घोराही उपमहानगरपाकिला इन्जिनियर रामधन श्रेष्ठले बर्षाको समयमा आकासबाट आउने पानीलाई संकलन गरि स्थानिय जनताहरुको जिविकोपार्जन र आयआर्जनमा जोड दिने उद्देश्यले जलासयको निर्माणलाई प्राथमिता दिएको जानकारी दिए । उनका अनुसार कार्यालयले अहिले घोराहीको वडा नम्वर १७ को ढिकपुर र गुलरिया, वडा नम्वर १६को गंगटे र ज्यामिरे भन्ने स्थानमा कृतिम जलासय निर्माणको गरेको छ । यस्तै वडा नम्वर १८को गिठेपानी, वडा नम्वर १२को सिस्नेरी लगायतका स्थानमा नयाँ कृतिम जलासय बनाइसकेको छ । इन्जिनियर श्रेष्ठका अनुसार उपमहानगरले वडा नम्वर १६को ज्यामिरेमा पहिले देखि नै रहेको थप दुइ वटा जलासय मर्मत गरिरहेको छ भने घोराही १७ गुलरियामा रहेको जलासय, १६को गंगटे, वडा नम्वर १८को सल्लाघारी, डवरी लगायतका स्थानमा रहेको कृतिम जलासयलाई थप निर्माण तथा ममर्त गरि सिचाईको लागि पानी प्रसस्त बनाएको छ ।
यी स्थानहरुमा बनाइएको जलासयमा स्थानियवासीले सिचाई, माछापालन, तरकारी खेति, फलफुल खेति मात्र नभई व्यवसायिक टुरिजम, हाँसपालनका लागि पनि निर्माण गरिएको उनले बताए । उनले भने ‘मुख्य कुरा जलवायु अनुकुलन कै लागि हो ।’ गाउँमा रहेको कुवा, इनार, जरुवा, ट्युवेलको पानी नसुकोस भनेर पनि कृतिम जलासयमा उपमहानगरले लगानी गरेको उनले बताए । यस्तै पशुचौपाया, बन्यजन्तु, चराचुरुङ्गीको बासस्थान सुरक्षित गर्न र कलकारखानालाई आवश्यक पानीको आपुर्तिमा पनि यसले सहजता थपिरहेको उनको भनाई छ ।

अहिले ठाउँ ठाउँमा बनाइएको र बन्न थालेका कृतिम जलासय एउटा सानो पर्यटकिय क्षेत्र जस्तो बन्न थालेको र उपमहानगरको आन्तरिक आयमा बृद्धि गर्न पनि जलासयले टेवा पुर्याइरहेको छ । उनले बताए । घोराही उपमहानगरले यस आर्थिक बर्षमा मात्रै करिव दुइ करोड रुपैया कृतिम जलासयको लागि खर्च गर्दैछ । जसमा नयाँ बन्न थालेको र मर्मत सम्भार गरिने जलासयहरु छन ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१