ताजा अपडेट

कर्मचारी व्यवस्थापन अन्यौलमा

          |   115 Views   |   Published Date : 3rd August 2018 |

karmachari-3 दाङ, १८ साउन ।  जिल्लामा अझै पनि कर्मचारी व्यवस्थापनमा अन्यौलता उत्पन्न भएको छ । स्थानिय तहमा गाभिएका सरकारी कार्यालयका कर्मचारीहरुको व्यवस्थापन नहुदा अन्यौल भएको हो |केन्द्रवाट नै कर्मचारीको व्यवस्थापन गर्न नसक्दा जिल्लामा कतै कर्मचारी अभाव छ भने कतै कर्मचारी काम नभएर हाजिर गरेर दिन काटने गरेका छन् ।

कर्मचारी अपुग हुदा स्थानिय तहहरुमा काम गर्न समेत समस्या भएको स्थानिय तहहरुले बताउने गरेका छन् । नागरीकले सहज रुपमा समेत सेवा लिन सकेका छैन । जिल्लाका दश स्थानीयतहमा १ सय वडाछन् । तर ति वडामा अझैपनि कर्मचारीको अभाव छ । एउटै सचिवले अझैसम्म तिनवटा वडाको काम सम्पादन गर्दै आएका छन् ।  जिल्ला समन्वय समितीको कार्यालयमा ७ ÷८ जना कर्मचारी हाजिर गरेर मात्र वस्ने गरेका छन् । महिला तथा वालवालिका कार्यालय तथा शहकारी डिभिजन कार्यालयका ती कर्मचारीहरु हाजिर गरेर दिन भरी वस्ने गरेका छन् । यी कार्यालयहरुले आफना सवै कार्यक्रम तथा सामाग्रीहरु समेत सम्वन्धीत स्थानिय तहहरुमा हस्तान्त्रण गरिसकेका छन् ।

तर कर्मचारी भने समायोजन हुन सकेका छैनन् । जिल्ला समन्वय समितिमा केही काम नभए पछि हाजिर गरेर मात्र वस्ने गरेको जिल्ला समन्वय समितीका जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद गौतमले बताए ।  समन्वय समितीमा केही काम छैन त्यसैले हाजिर गरेर वस्नु भएको छ’ समन्वय अधिकारी गौतमले भने । महिला तथा वालवालिका कार्यालय तथा शहकारी डिभिजन कार्यालय वाट आएका कर्मचारीहरु केही समयका लागि मात्र जिल्ला समन्वय समितीमा रहने गौतमले बताए ।  ।

मन्त्रालयले व्यवस्थापन नगर्दा सम्मका लागि मात्र समन्वय समितीमा रहने उनले बताए । कर्मचारी व्यवस्थापनको जिम्मेवारी मन्त्रालयको हो । विगतमा जिल्ला समन्वय समितिले कर्मचारी व्यवस्थापन गर्दै आएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१