ताजा अपडेट

मिनाको जीवन ः ढुङ्गा र फलामसंग लड्दै बित्यो २८ वर्ष

          |   221 Views   |   Published Date : 2nd August 2018 |

silauta 1

शिवु खनाल देउखुरी, साउन  । लमही नगरपालिका वडा नम्बर ६ बेल्दमार निवासी ३६ वर्षीय मिना कुवाडीयाले लोरो सिलौटा बनाउन लागेको २८ वर्ष भयो । उहाँको घरमा ६ जनाको परिवारमा ४ जना छोरा र एउटी छोरी छन् । छोराछोरीले कसैले पनि पढ्दैनन् । मिना कुवाडीयाको श्रीमान छन् । तर, जेठी श्रीमतीसंग कपिलवस्तु बस्छन् ।

मिना कुवाडीयाको लमही बजारमा सानो चिया पसलको बाहानामा सधै ढुङ्गा र फलामसंग लडछिन् । बेल्दमारमा लमही घोराही सडक खण्ड अन्तरगत वनको छेउमा अर्काको जग्गामा बनाएको एउटा सानो झुपडी छ, त्यो मिनाको घर हो । ढुङ्गाको लागि कहिले बेल्दमार त कहिले लमही गर्नु दिनचर्या हो ।

‘बेल्दमारको खोलामा ढुङ्गा लिन जान्छु, अनि लमही चिया पसलमा आएर लौरी सिलउटा बनाउछु’ उनले भनिन् । ‘एउटा लोरी सिलौटाको ढुङ्गा खोज्न र बताउन करिब करिब ३ देखि ४ दिनसम्म लाग्छ ।’ दिन रात फलाम र ढुङ्गा संग लड्र आफ्नो घर परिवारको खर्च चलाएको उनको भनाई छ । ‘माईती घर भैरहवा हो, भैरहवा बेचेर अहिले मेरो श्रीमान् जेठीसंग कपिलवस्तुमा बसेका छन् हामी कहाँ कहिलेकाही श्रीमान् आउछन् जान्छन ।’ हातमा सिप भएको यही लोरी सिलौटा बनाउने मात्रै हो । त्यहि सिपले खाना लाउन जसोतसो पुगेको मिना बताउछ्नि । ‘यही मेरो रोजी रोटी हो’ मिना कुवाडीयाले भनिन् ‘तुल्सीपुर, घोराही, गढवा र नदीपारी बाट लोरी सिलौटा करिद गर्न आउछन् ।’

एउटा लोरी सिलौटाको मुल्य ४ सय देखि ८ सय पर्छ । उनको आम्दानी त्यहि हो । खाली भएको समयमा आफैपनि लोरी सिलौटा बेच्न जाने गरेको मिनाले सुनाईन् । कहिले विक्री हुन्छ, कहिले खाली हात फर्किएर आउनु पर्छ । ‘आफ्नो घरवास छैन, स्थानिय सरकारले नम्बरी जग्गा नदिए पनि कहि कतै ऐलानी जग्गा दिएको भए हामी धेरै आभारी हुने थियौँ’ उनले भनिन् ‘हाम्रो आर्थिक स्थिती निकै कमजोर छ, नुन देखि तेल सम्म किनेर खानुपर्छ ।’

‘लोरी सिलौटाको काम गर्दा आखाँमा ढुङ्गाको झिल्का उछिट्टीएर पर्छ, औषधि गर्ने पैसा हुदैन । जेठो छोराले विहे गरेको छ, जेठो छोरा बुहारीहरुले बजारमा मकै र पानी बेच्छन् ।’ मिनाले सुनाईन् ‘बल्लतल्ल दुख कष्ट गरेर घर परिवार यही लोरी सिलौटाले चलेको छ, अहिले झन् विद्युतबाट सञ्चालन हुने मिक्चर आएको छ, त्यो मिक्चर आए देखि लोरी सिलौटा बिक्न छोडेको छ ।’

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१