ताजा अपडेट

नेताले प्रतिवद्धता गर्छन् तर पुरा गर्दैन

          |   316 Views   |   Published Date : 1st August 2018 |

Sorgadwari-7 दाङ, १६ साउन । स्र्वद्धारी आश्रमको स्वामित्वमा रहेको लमही नगरपालिका वडा न ४ अर्नहवामा वस्दै आएका वासिन्दाहरुले सो चुनावमा नेताहरुले जग्गाको व्यवस्थापन गर्ने प्रतिवद्धता गरेपनि चुनाव जितेपछि भुल्ने गरेको गुनासो गरेका छन् ।


दुइ दशक देखि त्यो ठाउमा वसोवास गर्दै आएका वासिन्दाहरुले आफूहरुलाइ वसेको जग्गाको पूर्जा दिलाइ दिने आश्वासनमा अर्नहवासीले भोट दिएर जिताए पनि आफना माग प्रति उनिहरु सवेदनशिल नभएको जग्गा व्यवस्थापन समितिका अध्यक्ष वासुदेव पौडेल वताए ।


‘लमही नगरपालिकामा जादा जग्गा व्यवस्थापनको अधिकार स्थानिय तहलाइ नदिएको प्रतिकृया नगरपालिका प्रमुख, उपप्रमुखले दिने गरेका छन’ उनले भने ‘ समस्या राखेर प्रदेश सरकामा डेलिमेशन जाने काम भएको छ । तर प्रदेश सरकार समेत आफना माग प्रति सवेदनशिल भएको छैन ।’ उनिहरुले प्रदेश सरकार जनताका जन जिवीका प्रति जिम्मेवारी नभएको गुनासो समेत गरे । तिनै तहको निर्वाचनमा अवेवस्थीत वसोवास व्यवस्थापन गर्ने पहिलो निर्वाचन प्रतिवद्धता गरे पनि अहिले उक्त प्रतिवद्धतामा कुनै पनि सरकार गम्भिर नभएको उनिहरुको आरोप छ । प्रतिनिधी सभाका सदस्य एव क्षेत्र नम्वर १का सांसद मेटमणी चौधरीले यो समस्या यहाँको मात्र नभइ देशभरी भएकोले राज्य यसवारे स्पष्ट कानुन बनाएर सवै वस्तीहरुलाइ व्यवस्थापन गर्ने वताए । ं
स्वर्गद्धारी आश्रमले केही वर्ष देखि अतिक्रमित जग्गामा वनेका समरचनाहरु भत्काउन एक पछि अर्को गरि अदालति प्रकृया थालेको थियो । लमही नगरपालिका÷४ अर्नहवामा रहेको स्वर्गद्धारीको जग्गामा अतिक्रमण गरि पक्की घरहरु वनाएको भन्दै भत्काउन सरकारलाइ गुहार समेत गर्दै आएको थियो । लमही वजार देखि १ किलोमिटर दुरी पूर्व पश्चिम राजमार्गसंगै जोडिएको आश्रमको नामा ३९ विगाह जग्गामा झण्डै ५ सयको हाराहारमाी पक्की तथा कच्ची घरहरु निर्माण भै सकेका छन् ।
आश्रमले आफनो जग्गा खाली गर्न कानुनी वाटो अपानाए पनि जग्गा खाली गराउन सकेको भने छैन । आश्रमले २०७१ देखि जग्गा खाली गराउन कानुनी प्रकृया अपनाए पछि २०७१ चैत्रमा गुठी जग्गा समस्या समाधान समिति , आश्रम र प्रशासन विच अवका दिनहरुमा पक्की समरचना वनाउन नदिने सो जग्गा स्थानियवासीले समरक्षण गर्ने सहमति भएको थियो ।
तर सो जग्गामा धमाधम पक्की व्यवसायि घरहरु वन्न थाले पनि फेरी आश्रम जग्गा वचाउनका लागि कानुनी उपचारमा गएको वताइएको छ । कानुनी उपचारमा गए लगतै केही घरहरु हटाउन केही घरधनीको नाममा दाङ देउखुरी जिल्ला अदालतले पत्र पठाइ ३५ दिन भित्र घर भत्काउने आदेश दिएको थियो ।

त्यसको लगतै ३ वटै निर्वाचनमा जग्गा वसोवास गर्दै आएकाहरुलाइ लालपूर्जा दिइने निर्वाचनको प्रतिवद्धता पछि ढुक्क वनेका थिए । निर्वाचन भएको एक वर्ष वितिसक्दा कुनै पनि चासो नदेखाएको बताए । उता आश्रमले अतिक्रमित जग्गावाट कुनै पनि आम्दानी नपाएको वताउदै जग्गा व्यवस्थीत गरि आयआर्जनमा लगाउने आश्रमको आश्रय रहेको छ । अर्नहवामा आश्रमले झण्डै दुइ दशक अघिनै मोही हक दिइ मोहीका नाममा जग्गा कमाउदै आएकारुलाइ मोहीवाट निस्कासन गरेको थियो ।
देउखुरीमा हाल आश्रमको स्वामित्वमाा १ हजार ५० विघाहा जग्गा भए पनि अधिकांश जग्गा अतिक्रमणमा परेको छ । दलहरुको समरक्षण गुठिका जग्गाहरु अतिक्रमण भएको आश्रमले आरोप लगाउदै आएको छ ।
अर्नहवामा आश्रमको नाममा रहेको जग्गा स्थायी वा अस्थायी समरचना निमार्ण गर्ने कसैलाइ पनि कानुनी अधिकार नभएको आश्रमले जनाएको छ उनिहरुले आफूहरुले गुठीको जगगा अतिक्रमण नगरि गुठीको नियमावली अनुसार चल्न खोजे पनि स्वर्गद्धारी आश्रमले स्वीकार नगरेको वताएका छन । ३ दशक देखि वसोवास गर्दै आएका टोल वहादुर कुमाल भन्छन ‘स्वर्गद्धारी आश्रमवाट तोकियको बाली नाली किसनाले बुझाउदै आइरहेकोमा २०४७ सालमा एकलौटी ढंगवाट आश्रमले मोही निस्कासन गरेको बताए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१