ताजा अपडेट

९ स्टिंग अपरेशनमा १२ कर्मचारी रंगेहात पक्राउ, दाङका १३३ उजुरी मध्य ९० वटा फछर्यौट

          |   243 Views   |   Published Date : 31st July 2018 |

Akhtiyar-Durupayog-anusandhan-aayog    भ्रष्टाचार सम्बन्धी दाङका १३३ उजुरी मध्य ९० वटा फछर्यौट दाङ, साउन १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले वितेको एक वर्षमा ९ वटा स्टिंग अपरेशन गरेको छ । आर्थिक वर्ष २०७४÷७५ आयोगको कार्यालय कोहलपुरले दाङमा एउटा अपरेशन संगै बाँकेमा ७ वटा र बर्दियामा एउटा स्टिंग अपरेशन गरेको हो ।

मन्त्रालयगत रुपमा सवैभन्दा वढी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा ३ वटा, उर्जामा २, स्वास्थ्यमा २, वन र गृहमा एक एक वटा स्टिंग अपरेशन गरेको कार्यालय प्रमुख ईश्वर कार्कीले बताउनुभाये । ती स्टिंग अपरेशनमा अधिकृत स्तरका ५ जना, सुव्बा स्तरका १ जना, खरिदार स्तरका ३ जना र कार्यालय सहयोगी स्तरका ३ जना गरी जम्मा १२ कर्मचारीहरुलाई घुस लिंदा लिंदै रंगेहात पक्राउ गरिएको कार्यालयले बताएको छ । जसमध्य एक जना महिला छन् । कार्यालयका अनुसार उनीहरुबाट ३ लाख १४ हजार रकम बरामद गरिएको छ ।

एक वर्षमा भ्रष्टाचार सम्बन्धी ६ सय १ वटा उजुरी परेको थियो । परेका उजुरीहरु मध्य कार्यालयले ७१ प्रतिशत उजुरीको टुंगो लगाएको बताएको छ । कार्यालयमा परेका उजुरीहरु मध्य दाङका उजुरी १ सय ३३ वटा छन् । सबैंभन्दा वढी बाँकेबाट २ सय ६८ वटा, बर्दियामा १ सय ५० वटा, रोल्पामा ३९ वटा र प्यूठानमा ११ वटा उजुरी परेका थिए । ति उजुरीहरु मध्य बाँकेका २सय ३ वटा, बर्दियामा, १ सय ५ वटा, दाङमा ९० वटा, रोल्पामा २५ वटा र प्युठानमा ६ वटा उजुरीहरु फच्र्छौ गरीएको कार्यालय प्रमुख कार्कीले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार सवैभन्दा वढी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, शिक्षा बन तथा भुसंरक्षण मन्त्रालय, भूमि सुधार तथा व्यबस्था मन्त्रालय, गृह मन्त्रालय अन्तरगत लगाएतका उजुरीहरु पर्ने गरेको कार्यालयले बताएको छ । ‘उजुरीहरुको अध्ययन गर्दा स्थानीय तहमा हुने सार्वजनिक खरिदरनिर्माणमा अनियमितता, सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता, कर्मचारी भर्नामा अनियमितता, उपभोक्ता समुहबाट हुने काममा भ्रष्टाचार, ठेकेदार र कर्मचारीको मिलेमतोमा भ्रष्टाचार, सडक, पुल तथा भवन निर्माणमा भ्रष्टाचार जस्ता विषयका उजुरी सवैभन्दा वढी छन ।’ कार्यालयका प्रमुख कार्कीले भन्नुभयो, ‘शिक्षा मन्त्रालय अन्तरगत परेका उजुरीहरुमा सवैभन्दा वढी शिक्षक कर्मचारी नियुक्तिमा अनियमितता, विद्यालय भवन तथा शौचालय निर्माणमा अनियमितता, छात्रवृति रकममा अनियमितता, विद्यालय कोषको दुरुपयोग भएको विषयहरु छन ।’

कार्यालयमा ४१ वटा उजुरीको विस्तृत अध्ययनका लागि पेश भएका थिए । कार्यालयबाट विस्तृत अध्ययन पश्चात ११ वटा उजुरीमा ११ लाख ३५ हजार ५९ रुपैया विगो सहित २१ जनालाई विशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरिएको छ ।

‘कार्यालयले तीन प्रकारका कार्यक्रमहरु सञ्चालन गर्छ । दण्डात्मक, प्रर्बधनात्मक र निरोधात्मक कार्यक्रम । प्रबर्दनात्मक कार्यक्रम अन्तरगत दाङ जिल्लामा २ पटक सरोकारवाला निकायहरुको प्रमुखहरुसँग अन्तरक्रिया कार्यक्रम गरेका छौँ । दाङ सहित पाँच जिल्लाका १० वटा विद्यालयमा पुगेर भ्रष्टाचार नियन्त्रणका लागि सचेतनामुलककार्यक्रम संचालन गरेका छौँ ।’ प्रमुख कार्कीले भन्नुभयो, ‘निरोधात्मक कार्यक्रम अन्तरगत यातायात व्यवस्था कार्यालय भेरी नेपालगंजबाट हेवी भेहिकल सवारी चालक अनुमतिपत्रको ट्रायल सम्बन्धित कागजातहरुको निरीक्षण गरिएको छ भने दाङ जिल्ला लमही नगरपालिका स्थित रहेका मालपोत कार्यालय, लमही नगरपालिका, नगरकार्यपालिकाको कार्यालय र प्रगन्ना बड्कापथ सिंचाई आयोजनाको कार्यालयको निरीक्षण गरेका छौँ ।’

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१