ताजा अपडेट

सरकार विरुद्ध काग्रेसको जुलुस : सरकारलाई खबरदारी

          |   118 Views   |   Published Date : 31st July 2018 |

38071704_1972846982779531_7493115088379838464_n घोराही, साउन १५ । सरकारको क्रियाकलाप विरुद्ध असन्तुष्टि जाहेर गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना कार्यकर्ताह सडकमा उतारेको छ । केन्द्रिय कार्यक्रम अनुसार दाङमा पनि नेपाली काँग्रेसले सडकमा कार्यकर्ताहरु उतारेर सरकारलाई खबरदारी गरेको हो । नेपाली काग्रेसले जिल्लाको देउखुरी, देखि जिल्लाको पश्चिम क्षत्रबाट समेत आफना कार्यकर्तालाई घोराही ल्याएको थियो ।


विभिन्न स्थानबाट गाडीमा घोराही ल्याइएका काग्रेसका नेता कार्यकर्ताहरुले सरकारको विरोध गर्दै मूल्य बृद्धी फिर्ता गर, संबिधान बिरोधी क्रियाकलाप बन्द गर, जनविरोधी काम बन्द गर, अधिनायबादी चरित्र बन्द गर, अबैज्ञानीक कर प्रणाली खारेज गर, प्रेस स्वतन्त्रता कायम गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर, नारा लगाएका थिए ।


नेपाली काँग्रेस दाङको पार्टी कार्यालयबाट सुरु भएको ¥याली घोराही बजारका विभिन्न भागको परिक्रमा गर्दै तुलसीपुर चौकमा पुगेर सभामा परिणत भएको थियो । जुलुस पछि घोराहीको तुलसीपुर चोकमा गरिएको कोणसभालाई नेपाली काग्रेसका नेता तथा सभासदहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा सरकार विरुद्ध कडा रुपमा टिप्पणी गरेका थिए भने हाल सदनमा अडकिएका विषयको दोष समेत सरकार पक्षलाई लगाएका थिए । सभालाई सम्वोधन गर्दै नेपाली काग्रेसका नेताहरुले सरकारको क्रियाकलापलाई अधिनायकबादी चरित्रको रुपमा टिप्पणी गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद तथा लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले सरकारले जनताको ढाड सेक्ने गरी लगाएको करको दायरा तत्काल फिर्ता गर्न आग्रह गरेका थिए । बरु काग्रेसका सांसदलाई तलव भत्ता चाहिदैन तर जनतालाई मार पर्ने गरी कर लगाउन पाईदैन भन्दै कडकिएका थिए । साथै उनले जनतालाई मारमा पार्ने गरि लगाइएको कर तुरुन्त फिर्ता गर्न समेत आगह गरेका थिए ।
कार्यक्रममा काँग्रेसका नेता राजु खनालले लामो परिवर्तन पछि बनेको दुई तिहाईको सरकारले देशमा राहत र परिवर्तनको महसुस गराउने गरी विकास गर्न भन्ने अपेक्षामा कुठाराघात गरेको बताए । सरकारले उल्टै दुई तिहाईको दम्भ देखाएर अधिनायकबादी चरित्र देखाउन सुरु गरेको नेता खनालको आरोप थियो । यस्तै सभालाई सम्बोधन गर्दै निवर्तमान सांसद सुशिला चौधरीले महिलाहरुको अधिकार खोस्ने, जनतालाई मार पार्ने गरी कर लगाउने, अपराधीलाई छोड्ने र माफियाहरुको संगत गर्ने सरकारबाट समृद्धिको आसा गर्न नसकिने बताईन् ।
कार्यक्रममा नेता कमलकिशोर घिमिरेले दलाल र माफियाहरुलाई काखी च्यापेर बनेको सरकारले जनताबाट कर अशुल्नमा कुनै कसर बाँकी नराखेको बताए । यस्तै नेता योगेन्द्र चौधरीले कसैको ईच्छा पुरा गर्नको लागि आन्दोलन नभएको भन्दै सरकारलाई खबरदारी गर्न सडकमा उत्रिनु परेको बताए । केपी ओलीको समाजबाद छताछुल्ल अवस्थामा पोखिएको टिप्पणी गर्दै उनले आफैले बनाएको सविधान विरुद्ध नीति नियमहरु निर्माण गर्न थालेको बताए ।

यसैबीच नेपाली काँग्रेसको केही जिल्ला तहका नेताहरुले जिम्मेवार लिएको पक्षले भने जति कार्यकर्तालाई सडकमा ल्याउन नसकेको भन्दै आक्रोस व्यक्त गरिरहेको पनि थिए । नेपाली काँग्रेसका सभापति कृतिबहादुर खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१