ताजा अपडेट

दाङमा तीज विशेष सांस्कृतिक महोत्सव हुने

          |   367 Views   |   Published Date : 31st July 2018 |

37878853_963495340502204_5986094966399565824_n

दाङ, साउन १५ । दाङमा तीज विशेष सांस्कृतिक महोत्सव २०७५ हुने भएको छ । लोक दोहोरी गीत प्रतिष्ठान नेपालले अनाथ बालबालिकाहरुको सहयोगार्थ भदौ १५ गते देखि २७ गते सम्म तीज विशेष सांस्कृतिक महोत्सव २०७५ सञ्चालन गर्न थालेको छ ।

प्रतिष्ठानले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर तीज विशेष सांस्कृतिक महोत्सव २०७५ को बारेमा जानकारी दिएको छ । प्रतिष्ठानका अध्यक्ष प्रेम शर्माले घोराहीको कर्मचारी मिलन केन्द्रको प्रांगणमा १३ दिन सम्म सञ्चालन हुने महोत्सबमा तीज गीत प्रतियोगिता र तीज नृत्य प्रतियोगिता हुने जानकारी दिनुभयो । अनाथ बालबालिकाहरुको सहयोगार्थ सञ्चालन गर्न थालिएको महोत्सवबाट आउने निश्चित प्रतिशत सहयोग गर्ने आयोजकले बताएको छ ।

स्थानिय कलाकारहरुलाई प्रोत्साहन र प्राथमिकता दिदै केन्द्रबाट समेत केहि कलाकारहरुलाई बोलाईने बताउनुभयो । महोत्सबमा प्रबेश गर्नका लागि ५० रुपैया र विद्यार्थीहरुको लागि ४० रुपैया निर्धारण गरिएको सचिव पोषणराज श्रेष्ठले बताउनुभयो । स्थानिय कला, संस्कृति र गीतसंगीतको संरक्षण र विकासका लागि महोत्सब सञ्चालन गर्न थालेको उहाको भनाई छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१