ताजा अपडेट

सरकार विरुद्ध आगामी मंगलबार कांग्रेसको आन्दोलन

          |   265 Views   |   Published Date : 30th July 2018 |

nepali-congressmn

दाङ, साउन  । सरकारको क्रियाकलाप बिरुद्ध आन्दोलन तय गरेको नेपाली कांग्रेसले दाङमा हुने आन्दोलनमा सहभागी हुन सबैमा अपिल गरेको छ । दुई तिहाईको दम्भ देखाउँदै वर्तमान सरकार संविधानको बर्खिलाप गर्दै लोकतन्त्रको मर्म बिपरित आफ्ना क्रियाकलाप अघि बढाईरहेको भन्दै कांग्रेसले मंगलबार देशब्यापी आन्दोलनको कार्यक्रम तय गरेको छ ।

पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत आन्दोलनको कार्यक्रम तय गरेको कांग्रेस दाङले पनि आन्दोलनको तयारी भब्य रुपमा भैरहेको जनाएको छ । गाउँतहका सर्वसाधारणहरुलाई आन्दोलनको मर्मका बारेमा जानकारी दिँदै कांग्रेसले सहभागीताका लागि सर्वसाधारणहरुलाई अनुरोध गरिरहेको छ । कांग्रेस सभापति किर्तिवहादुर खड्काका अनुसार आन्दोलनलाई भब्य बनाउनका लागि पार्टीका हरेक तहहरु सकृय रुपमा लागेको जानकारी दिनुभयो ।

‘यो आन्दोलन पार्टीको स्वार्थमा मात्रै सिमित आन्दोलन हैन,’सभापति खड्काले भने ‘हरेक सर्वसाधारण नागरिकको मानव अधिकार हनन् हुने गरि सरकारले गरेको गलत कृयाकलापका बिरोधमा तय भएकोयो आन्दोलन सवै सर्वसाधारण नागरिकको आन्दोलन हो ।’ सरकारलाई गलत कृयाकलाप नगर्नका लागि दबाब स्वरुप हुन थालेको यो आन्दोलनमा दंगालीहरुको ठूलो साथ रहने समेत उहाले वताउनुभयो ।

यसैविच कांग्रेस दाङले १५ गने हुने आन्दोलनमा सहभागी हुन सबैमा अनुरोध गरेको छ । पार्टी सभापति खड्काले पार्टीका हरेक पंक्तीका नेता कार्यकर्ता लगाएत,भातृ तथा शुभेच्छुक संस्थाहरुलाई आन्दोलन भब्य बनाउनका लागि आग्रह गर्नुभएको छ । कांग्रेस दाङले पर्सि विहान ११ बजे पार्टी कार्यालयबाट सरकार बिरोधी आन्दोलनको सुरुवात गर्ने छ । पार्टी कार्यालयबाट निस्कने र्यालीले बजार परिक्रमा गर्दै सभाको आयोजना गर्ने सभापति खड्काले बताउनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१