ताजा अपडेट

लथालिंग चौघेराका चित्रहरु…‘२०२० देखि २०६६ साल सम्म प्रभातनाथले कोरेका चित्रहरुको संरक्षण भएन’

          |   883 Views   |   Published Date : 30th July 2018 |

37984132_961160607402344_3912551512567447552_n

दाङ, साउन  । दाङको घोराही चौघेरा स्थित श्री सिद्ध गोरक्ष रत्ननाथ मन्दीरमा रहेका चित्र र पुस्तकहरु लथालिंग अबस्थामा छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको यो ऐतिहासिक मन्दीरमा चित्रकार प्रभातनाथ योगीले निर्माण गरेका चित्रहरुको संरक्षण र सहि व्यवस्थापन हुन सकेको छैन । जस्का कारण वर्षौ पुराना र महत्वपुर्ण मानिने ति चित्रहरु अहिले लथालिंग अबस्थामा पुगेको मन्दीरका कर्मचारी प्रकाश नेपालीले बताउनुभयो ।

मन्दीरको विकास र संरक्षणका लागि व्यवस्थापन समिति र सञ्चालन समिति छन् । तर मन्दीरको महत्वपुर्ण सम्पदाको रुपमा रहेको चित्रालय र पुस्तकालय अहिले जीर्ण अबस्थामा पुगेको छ । तर त्यसको संरक्षण र व्यवस्थापनका विषयमा कसैले चासो दिएको छैन । ‘सबै चित्रहरु यतै छन्, चित्रहरुको व्यवस्थापन गर्नका लागि ठुलो भवन चाहिन्छ, त्यो भवन कस्ले बनाईदिने ?’ मन्दीरका महन्त सुरतनाथ योगीले भन्नुभयो, ‘सयौं चित्रहरु छन्, त्यसको लागि छुट्टै भवन निर्माण गरेर व्यवस्थित गर्न सकिन्छ, तर बजेट छैन ।’ एक सय देखि एक सय पचासको संख्यामा रहेका चित्रहरु एउटा अध्यारो कोठामा थुप्रो पारेर राखिएको छ भने पचास बढि चित्रहरु विभिन्न मन्दीर र घरको भित्तामा झुण्ड्याईएको छ ।

37932943_961160547402350_8318169604337696768_n

ति चित्रहरु अव्यवस्थित रहनु त छदैँ छ असुरक्षित पनि छन् । किनकी चित्रालयको ढोका सधै खुलै राख्ने गरीएको छ । अध्यारो कोठामा रहेका ति चित्रहरु सबैले देख्न सक्ने गरी कोठाको ढोका खुल्लै राख्ने गरेको बताईए पनि ति चित्रहरुको सुरक्षाका लागि खासै चासो देखाईएको छैन ।

प्रभातनाथ योगीले २०२० सालमा निर्माण गरेको सरस्वती देविको चित्र देखि २०६६ सालमा निर्माण गरेको चित्र छन् । नेपालको कर्णाली प्रदेश देखि अन्नपुर्ण, सगरमाथा हिमाल सम्मका तमाम प्राकृतिक सौन्दर्यपुर्ण चित्रहरु छन् भने नेपालको राजनीतिक ईतिहासमा देशलाई शासन गर्ने राजाहरुको चित्रहरु छन् । यस्तै शब्दचित्र देखि मन्दीर, देविदेवताका चित्रहरु चौघेरामा अव्यवस्थित रुपमा राखिएका छन् । प्रभातनाथ योगीले लेखि छोडेको तथ्यांक अनुसार २०२१ साल देखि मन्दीरमा उहाले प्रभात आर्टको स्थापना गरेर चित्रालय निर्माण गर्नुभएको हो । तर धेरै चित्रहरु सानो र साँघुरो कोठामा राख्नु र त्यसको संरक्षण नहुँदा पुराना चित्रहरु अहिले मासिने क्रममा छन् ।

37984116_961160694069002_390866874616774656_n

मन्दीरमै रहेको पुस्तकालय पनि अहिले संरक्षणको अभावमा गुज्रीरहेको छ । ४० देखि ५० वटा ऐतिहासिक, पुरातात्वीक, धार्मिक रुपमा अति नै महत्वपुर्ण पुस्तकहरु छन् । तर ति पुस्तकहरु पनि दिर्घकालिन रुपमा संरक्षण रहने गरी व्यवस्थापन गर्न सकिएको छैन । नेपाली, हिन्दी, संस्कृत र अग्रेजी भाषाका किताबहरु अध्ययन गर्न बेला बेला विद्यार्थीहरु आउने गरेको मठाधिस नियमनाथ योगीले बताउनुभयो ।

संयौ विगाह जग्गाको हकदार श्री सिद्ध गोरक्ष रत्ननाथ मन्दीर आर्थिक रुपमा कमजोर बन्दै गैरहेको छ । एकातिर जग्गा हडप्ने क्रम नरोकिने र अर्को तर्फ आम्दानीको स्रोतको संरक्षण नहुँदा मन्दीरले दैनिक कार्यक्रम सञ्चालन गर्न समेत समस्या छ । ‘बार्षिक रुपमा गुठी संस्थानबाट आउने १० लाख रुपैया र दुई चार लाख जग्गा, सटर भाँडाले २९ जना कर्मचारीहरु तलव खुवाउन ठिकै हुने गरेको छ ।’ महन्त सुरतनाथले भन्नुभयो ।

वि.स. ८०९ सालमा राजा रत्ननाथद्वारा स्थापना गरिएको मन्दिर भौतिकमा भब्यता नझल्किएपनि यसको महिमा ऐतिहासिक रुपमा जोडिएको छ । राजा रत्न परीक्षकले तपस्या गरेपश्चात गोरक्ष नाथले दिएको पात्रदेवता लिएर विश्व भ्रमण गर्दै भारतको देवीपाटन मन्दिर हुदै चौघेरा आइपुगेपछि उक्त मन्दिरको स्थापना गरिएको ईतिहास छ । मन्दिर प्रांगणमा काल भैरव, बाल सुन्दरीदेवीको पनि मूर्ति संगै मन्दिर निर्माण भएका छन । करिब पाँच बिगाहा क्षेत्रफल जग्गामा बटुभैरव, अछाम भैरव, अखण्ड धुना, गोरक्षनाथको मन्दिर, शिवालय, धर्मशालालगायतको संरचनाहरु छन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१