ताजा अपडेट

रङशाला निर्माण सुरु सँगै दाङका खेलाडीहरु उत्साहित

          |   1640 Views   |   Published Date : 30th July 2018 |

37976155_10210358031781590_3230763228564815872_n

                                                                                   फोटो: प्रदिप मजगैया   दाङ, साउन १४ । रङशाला निर्माणसँगै दाङका खेलाडीहरु उत्साहित भएका छन् । जिल्लाको घोराही उपमहानगरपालिकाले वडानम्वर–१७ गुलरियामा प्रदेशस्तरको रङ्गशाला निर्माण सुरु गरेसँगै उत्साहित भएका खेलाडीहरु भन्छन्, ‘खेल मैदानको अभावमा अपेक्षित परिणाम निकाल्न सकेका थिएनौं । घोराही उपमहानगरपालिकाले रङ्गशाला निर्माण सुरु भएसँगै हामीमा हौसला पलाएको छ ।’

२०४१ सालदेखि राष्ट्रियस्तरको क्रिकेट प्रतियोगीतामा सहभागिता जनाउन सुरु गरेको दाङले साढे ४ दशकको अवधीमा सन्तोषजनक नतिजा निकाल्न नसकेको दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले जानकारी दिनुभयो । खेल मैदानको अभावमा प्रतिभाशाली खेलाडीहरु उत्पादन हुन नसकेको भन्दै अध्यक्ष मजगैयाले रङ्गशाला निर्माण भएसँगै खेलाडीहरुमा उत्साह पलाएको बताउनुभयो ।

खेल मैदानको अभावमा निरन्तर प्रतियोगीता सञ्चालन गर्न नसक्दा खेलाडीहरुलाई बचाउन समस्या परेको स्मरण गर्दै अध्यक्ष मजगैयाले भन्नुभयो, ‘दाङ खेलको क्षेत्रमा अत्यन्तै सम्भावना बोकेको जिल्ला हो । जिल्लाले ८ जना राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन गरेको छ । यहाँका राजवीर सिंह, सुशान्तसिंह थापा, अनुप न्यौपाने, मनोज वैश्य, चुन्नु पाण्डे, अनिल गुप्ता, लक्ष्मी चौधरी र सनम श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगीता खेलिसक्नुभएको छ । खेल मैदानको अभावमा निरन्तर प्रतियोगीता नहुँदा उहाँहरुको खेलले विकसित हुन नपाएको तितो यर्थाथता हामीसँग छ ।’

निर्माणाधीन रङ्गशालाको निर्माण कार्य तत्काल सम्पन्न गर्नुपर्ने भन्दै अध्यक्ष मजगैयाले टप विकेट, चेञ्जिङ रुम, बाथरुमलगायतका भौतिक पूर्वाधार निर्माण गर्न बाँकी रहेकाले यी पूर्वधारको निर्माणसँगै लिग चरणका प्रतियोगीता सञ्चालनमा ल्याउने बताउनुभयो । ‘भारत र बंगलादेशका स्थानीय क्लवहरु मैत्रिपूर्ण प्रतियोगीताका लागि दाङ आउन ईच्छुक देखिनुभएको छ । रङ्गशालाको निर्माण सम्पन्न भएसँगै उहाँहरुलाई आमन्त्रण गर्ने तयारीमा छौं’, अध्यक्ष मजगैयाले भन्नुभयो, ‘खेलको माध्यमबाट आन्तरिक र बाह्य पर्यटनको प्रवद्र्धन गर्ने हाम्रो दीर्घकालिन योजना रहेको छ ।’

‘एक वडा एक खेल मैदान’ भन्ने नारासहित खेलको विकासमा हौसिएको घोराही उपमहानगरपालिकाले प्रदेशस्तरिय रङ्गशाला निर्माणको कार्यलाई निरन्तरता दिएको छ । वडानम्वर–१७ मा १५ विगाहाको क्षेत्रफलमा गत वर्षदेखि प्रदेशस्तरिय रङ्गशाला निर्माण कार्य सुरु गरेको उपमहानगरपालिकाले यसवर्ष रङ्गशाला निर्माण सम्पन्न गर्ने जानकारी दिएको छ । गतवर्ष रङ्गशाला क्षेत्रभर तारजाली गर्नुका साथै माटो सम्याउने कार्य सम्पन्न गरेको भन्दै उपमहानगरपालिका प्रवक्ता भरत अर्यालले यस वर्ष बाँकस् संरचना निर्माण गर्ने बताउनुभयो ।

रङ्गशाला निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयबाट २६ लाख वजेट बिनियोजन भएको भन्दै प्रवक्ता अर्यालले उपमहानगरपालिकाको कार्यपालिका बैठकबाट वजेट बिनियोजन गरेर प्रदेशस्तरको रङ्गशाला निर्माण कार्य सम्पन्न गर्ने जानकारी दिनुभयो । यससँगै घोराही उपमहानगरपालिका–१५ भरतपुरमा प्रदेशस्तरको फुटवल रङ्शालाको पनि निर्माण सुरु गरेको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

यता जिल्लाका खेलाडीहरुले उपमहानगरपालिकाको रङ्गशाला निर्माण कार्यलाई स्वागत गरेका छन् । क्रिकेट र फुटबल रङ्गशाला निर्माण कार्यलाई तीब्र बनाउँदै लगेको उपमहानगरपालिकाले अन्य खेलका लागि पनि भौतिक संरचना निर्माण कार्यलाई अगाडि बढाउनुपर्ने खेलकुद विकास समिति दाङका कोषाध्यक्ष कैलाश रोकाले बताउनुभयो ।

रङ्गशाला निर्माणसँगै हौसिएका खेलाडीहरुले गतवर्ष राष्टिङयस्तरका ३ वटा प्रतियोगीता सञ्चालन गरेका छन् । दाङ क्रिकेट संघको आयोजनामा दङाली गोल्डकप राष्ट्रिय क्रिकेट प्रतियोगीता र त्रिभुवननगर जेसीजको आयोजनामा जेसीज कप राष्ट्रिय क्रिकेट प्रतियोगीता सञ्चालन भएको संघका अध्यक्ष प्रदिप मजगैयाले जानकारी दिनुभयो । त्यस्तै अखिल नेपाल फुटवल संघको आयोजना तथा दाङ जिल्ला फुटवल संघको संयोजनमा राष्ट्रिय फुटबल प्रतियोगीता सञ्चालन भएको र यस वर्ष पनि राष्ट्रिय स्तरकै प्रतियोगीता सञ्चालनको तयारीमा रहेको संघका महासचिव नरेन्द्र पुनले जानकारी दिनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१