नमुना सामुदायीक बनमा बृक्षारोपन
तुलसीपुर, असार । नमुना महिला सामुदायिक बन उपभोक्ता समुह तुलसीपुर ३ दमारगाँउमा बृक्षारोपण गरिएको छ । सामुदायिक बनको खाली रहेको करिव ५ हेक्टर क्षेत्रफलमा बिभिन्न जातका दुई हजार बिरुवा वृक्षारोपण गरिएको हो । बन समुहले खाली जग्गामा रहेको अनवश्यक झाडी सरसफाई गरि चिउरी, सिसौ, बकाईनो र स्टक जातका बिरुवा लगाएको छ । सो अवसरमा बन समुहका पदाधिकारी, समाजसेवी, उपभोक्ता, बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष रक्षा काफ्लेको अध्यक्षता तथा तुलसीपुर उपमहानगर पालिका वडा नम्वर ३ का अध्यक्ष बिजय बिकको प्रमुख आतित्थ्यतामा भएको बृक्षारोपण कार्यक्रमका बोल्दै अध्यक्ष बिकले बृक्षारोपण गरिएका बिरुवाहरुलाई सत प्रतिशत हुर्काउन तर्फ ध्यान दिन समुहलाई आग्रह गरे । उपमहानगरले बिरुवा हुर्काउनेहरुलाई प्रोत्साहन स्वरुप केहि रकम समेत उपलव्ध गराउन अध्यक्ष बिकको भनाई रहेको थियो । सो अवसरमा बन समुहका सल्लाहकार बालाराम गौतम, टाईगर युवा क्लवका अध्यक्ष दिनेश गुरुङ, बन कार्यालयका कर्मचारी कुल बहादुर रेउले लगाएतले बालेका थिए । कार्यक्रमको संचालन समुहका सचिव सुरेन्द्र गुरुङले गरेका थिए । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed