ताजा अपडेट

बेलझुण्डी रंगशाला सभामुखबाट शिलान्यास

          |   110 Views   |   Published Date : 26th July 2018 |

तुलसीपुर पहिलो स्पोट्र्स सिटि घोषित, खेलकुदको अतिक्रमित जग्गा फिर्ता हुन्छ ः महरा

dre

नवीन अभिलाषी दाङ, असार । दाङको बेलझुण्डीमा रंगशाला निर्माणको शिलान्यास भएको छ । रंगशालाको संघीय संसदका सभामुख कृष्णबहादुर महरा र युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले शिलान्यास गर्नुभएको हो ।

आगामी मंसिरमा हुने आठौ राष्ट्रीय खेलकुद प्रतियोगीताको समापन बेलझुण्डीमा हुनेछ । समापन कार्यक्रमको समय सिमा राखेर निर्माण गर्न थालिएको रंगशाला ४ महिना भित्रै सकिने दाङ जिल्ला खेलकुद विकास समितिले बताएको छ । बेलझुण्डी एथ्लेटिक्स ट्रयाक एण्ड डिजाईन निर्माणको नाम दिईएको आयोजना आयातित सामग्रीहरुको फिटिङ सिस्टमबाट रंगशाला निर्माण गर्न थालिएको हो । प्रविधिको प्रयोग गरी फिटिङ सिस्टमबाट निर्माण गरीने रंगशाला यसअगाडी दशरथ रंगशालामा मात्रै प्रयोग गरीएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले बताउनुभयो ।

२४ करोड २४ लाख ४५ हजार २ सय ९३ रुपैयाको लागतमा निर्माण सुरु भैसकेको रंगशाला तत्कालका लागि ३ हजार र पाँच वर्षपछि यसको क्षमता बृद्धि गर्दै १० हजार जना मानिसहरु अटाउन सक्ने बनाउने लक्ष्य रहेको परिषदका सदस्य सचिव विष्टको भनाई छ । दिवा एम ए प्रतिष्ठा कन्ट्रक्सन जेभिले निर्माण जिम्मा लिएको आयोजना अन्र्तगत एन्थेटिक एथ्लेटिक्स ट्रयाक निर्माण, फुटबल मैदान निर्माण, नाली निर्माण, भिआईपी प्यारासिट, खेलाडी चेन्जिङ रुम, बैठक रुमहरु निर्माण हुने समितिले बताएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै सदस्य सचिव विष्टले प्रविधिहरुको प्रयोग विना निर्माण हुने रंगशालाको लागि एक अरव भन्दा बढि लाग्ने र त्यो समय लाग्ने भएकाले अहिले प्रविधियुक्त फिटिङ सिस्टम प्रयोग गरीएको बताउनुभयो । काम सुरु भैसकेकाले अबको चार महिना भित्रै प्रविधि र सुविधासम्पन्न रंगशाला निर्माण हुनेमा विस्वस्त हुन आग्रह गर्नुभयो । दाङ खेलकुदको दृष्टिले उर्वर क्षेत्र रहेको भन्दै प्रशस्त संरचनाहरु निर्माण हुन आबस्यक ठान्दै सदस्य सचिव विष्टले यो सुरुवात मात्र भएको बताउनुभयो ।

तुलसीपुर पहिलो स्पोर्ट्स सिटि

नेपालमै पहिलो स्पोर्ट्स सिटिको रुपमा दाङको तुलसीपुर घोषणा भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले तुलसीपुर उपमहानगरपालिकालाई पहिलो स्पोर्ट्स सिटिको रुपमा घोषणा गर्दै त्यस विषयमा तयार पारिएको प्रतिबेदन मेयर घनश्याम पाण्डेयलाई हस्तान्तरण गर्नुभएको छ ।

सरकारले पछिल्लो समय दाङको तुलसीपुर सहित पोखरा र ईटहरीलाई समेत स्पोट्र्स सिटिको रुपमा विकास गर्ने गरी तयारी गरेको छ । सुरुवाती चरणमा तीन शहरलाई अगाडी सारेको जानकारी गराउँदै सदस्य सचिव विष्टले नेपालका प्रत्येक शहरहरुलाई खेलकुदको शहरको रुपमा विकास गर्ने सरकारले लक्ष्य लिएको उहाको भनाई थियो । दाङको तुलसीपुरलाई स्पोट्र्स सिटि निर्माणका लागि धेरै भौतिक संरचनाहरुको निर्माण आबस्यक रहेको भन्दै उहाले वडा नम्बर १७ मा रहेको बेलझुण्डीमा रंगशाला निर्माण हुनु खुशीको विषय भएको बताउनुभयो ।

अतिक्रमित जग्गा फिर्ता हुन्छ ः महरा

रंगशाला निर्माण शिलान्यास समारोहलाई सम्बोधन गर्दै सभामुख कृष्णबहादुर महराले खेलकुद विकास समितिको नाममा रहेको अतिक्रमित जग्गा फिर्ता गराउन सरकारी पहल सुरु हुने बताउनुभयो । दाङ जिल्ला खेलकुद विकास समितिको सिमलतारामा रहेको अतिक्रमित जग्गालाई छिट्टै फिर्ता गराउनका लागि सरकारीले आफ्नो संयन्त्र सुरु गर्ने बताउनुभयो । खेलकुदको जग्गा सबै दंगालीहरुको जग्गा भएकाले यसलाई फिर्ता गराउनमा सरकार लाग्ने उहाको भनाई छ ।

प्रमुख अतिथीको रुपमा कार्यक्रममा सहभागी सभामुख महराले दाङलाई खेलकुद हवको रुपमा विकास गर्ने प्रक्रिया सुरु भैसकेको बताउनुभयो । हरेक सम्भावना रहेको दाङ अब खेलकुदको केन्द्र बन्नेमा पनि विस्वास ब्यक्त गर्नुभयो । यो युग युवाहरुको युग भएकाले खेलकुदले युवाहरुलाई स्वस्थ, अनशासित र क्रियाशिल बनाउनमा ठुलो भुमिका रहेको बताउनुभयो । अहिले संसारका सबै देशहरुले खेलकुद मन्त्रालय निर्धारण गरेरै युवाहरुलाई खेलकुदमा सहभागी गराईरहेको जानकारी दिदै महराले नेपालमा पनि हुने गरेका खेलकुदको सन्दर्भ उत्साह जनक रहेको बताउनुभयो । अब दाङ मात्र नभई नेपाललाई नै खेलकुदको हव बनाउन सुरु गरेको बताउनुभयो ।

खेलकुद मनोरञ्जन मात्रै हैन ः मन्त्री विश्वकर्मा

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद मनोरञ्जनको विषय मात्रै नभएको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाले अहिले खेलकुद मनोरञ्जनको विषय मात्र नभई राष्ट्रिय विकासको प्रमुख आधार रहेको धारणा ब्यक्त गर्नुभयो । देश निर्माण गर्ने बलियो आधार युवाहरुको विकासका लागि खेलकुदले ठुलो महत्व राख्ने उहाको भनाई थियो ।

दाङमा निर्माण हुन थालेको रंगशालाको समयमै सम्पन्न गर्नका लागि हामी सबैको सहयोग अपरिहार्य रहेको भन्दै उहले आउँदो मंसिरमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता समापन कार्यक्रम गर्ने गरी रंगशाला निर्माण हुने बताउनुभयो । देशमा खेलकुदको क्षेत्रमा हुने गरेको सम्पुर्ण समस्याहरुलाई छिचोल्दै काम गर्नुपर्ने अबस्था रहेको भन्दै मन्त्री विश्वकर्माले खेलकुदमा प्रसस्त सम्भावनाहरु रहेको समेत बताउनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१