१ वर्षमा ५ हजार बढीले राहदानी लिए
यमकला भुसाल तुलसीपुर, साउन । दाङको तुलसीपुर क्षेत्रबाट १ वर्षको अवधिमा ५ हजार बढीले राहदानी लिएका छन । गएको आर्थिक वर्ष २०७४÷०७५ को साउन देखि असार मसान्तसम्ममा ५ हजार ७७ जनाले राहदानी लिएको इलाका प्रशासन कार्यालय तुलसीपुरका सूचना अधिकारी यादव भुसालले जानकारी दिए । सूचना अधिकारी भुसालका अनुसार कार्यालयबाट ३ हजार २ सय ६३ जनाले राहदानी लिएका छन भने काठमाडौँबाट लिने दुर्त सेवाका लागी १ हजार ८ सय १४ जनाले राहदानी लिएका छन । कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष २०७३÷०७४ मा ४ हजार ९ सय ५४ जनाले राहदानी लिएका थिए । यस वर्ष त्यो बढेर ५ हजार ७७ जनाले राहदानी लिएको सुचना अधिकारी भुसालले जानकारी दिए । उनले राहदानी लिनेहरु मध्ये अध्ययनका लागी जानेहरुको सङ्या बढेको समेत जानकारी दिए । १ करोड ७८ लाख राजश्व इलाका प्रशासन कार्यालय तुलसीपुरमा गएको आर्थिक वर्ष २०७४÷०७५ मा १ करोड ७८ लाख १० हजार ४ सय २१ राजश्व सकंलन भएको छ । कार्यालयका सुचना अधिकारी यादव भुसालका अनुसार आर्थिक वर्ष२०७४÷०७५ को साउन देखि असार मसान्त सम्ममा उत्त रकम संकलन भएको हो । उनका अनुसार राजश्व राहदानीबाट १ करोड ७७ लाख ६२ हजार ५ सय,हातहतियार नविकरणबाट १९ हजार,मादक पर्दाथ सेवनबाट २४ हजार र अन्यबाट ४ हजार ९ सय २१ गरि १ करोड ७८ लाख १० … Continue reading १ वर्षमा ५ हजार बढीले राहदानी लिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed