भाडादरको विषयमा दाङका अटोरिक्सा व्यवसायीहरुको विरोध

दाङ, साउन ९ । यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले कायम गरेको अटोरिक्साको भाडादरको विषयमा दाङका अटोरिक्सा व्यवसायीहरुले विरोध जनाएका छन् । बुधबार घोराहीमा भएको भेलाले गत असार २७ गते सार्वजनिक भएको अटोरिक्साको नयाँ भाडादर प्रति असन्तुष्टि जनाउँदै उनिहरु आफैले नयाँ भाडादर निर्धारण गरेका छन् । यातायात व्यवस्थापन समितिको गत असार २२ गते बसेको बैठकले दाङका अटोरिक्साहरुको स्थायी भाडादर कायम गर्न उपसमिति निर्माण गरेको थियो । सो समितिले प्रति किलोमिटर प्रतिब्यक्ती १० रुपैया भाडादर सिफारिस गरेको थियो । तर समितिले सिफारिस गरेको भाडादर मान्य नहुने भन्दै उनिहरुले बुधबार घोराहीमा भेला गरेर सयुक्त अटो ट्याम्पो व्यवसायी समिति गठन गरेर आफैले नयाँ भाडादर निर्धारण गरेको र त्यो सिफारिसका लागि यातायात व्यवस्था कार्यालयमा पठाउने समितिका अध्यक्ष अमर बुढाले बताउनुभयो । यातायात व्यवस्था समितिबाट पारित नहुँदा सम्म प्रति २ किलोमिटरका लागि २० रुपैया र बाँकी १ किलोमिटरमा १० रुपैया प्रतिब्यक्ती थप भाडा लिने गरी तदर्थ भाडादर कायम गरेको यातायात व्यवस्था कार्यालय तुलसीपुरले बताएको छ । तर दाङका ५ वटा अटो रिक्सा प्रालीहरुले आफुहरुको सहभागीता विना निर्धारण गरेको भाडादर कार्यान्वयन गर्न गाह्रो हुने उनिहरुले बताएका छन् । अटोरिक्साहरुको दैनिक खर्च मात्रै उनिहरुले २ हजार १ सय २० रुपैया रहेको बताए । तर प्रतिकिलोमिटर प्रतिब्यक्ती दश रुपैयाले आफ्नो व्यवसाय धरापमा पर्ने उनिहरुको गुनासो छ । बुधबार बसेको अटोरिक्सा … Continue reading भाडादरको विषयमा दाङका अटोरिक्सा व्यवसायीहरुको विरोध