ताजा अपडेट

देश अझै अर्ध सामान्तवाद छ ः मोहोन विक्रम सिंह

          |   83 Views   |   Published Date : 25th July 2018 |

37819878_1850947571610838_8642245803311628288_n रीता लामा घोराही, साउन । लामो समय देखि अर्ध भुमिगत रहदै आएको पुराना कम्युनिष्ट नेता मोहनविक्रम सिंह मंगलवार घोराहीमा एक औपचारीक कार्यक्रममा देखिए । छलफल चौतारी दागले आयोजना गरेको उक्त कार्यकक्रमा नेता मोहन विक्रमले पत्रकारहरुलाई फोटो खिच्न दिए पनि भिडियो खिच्न भने दिएका थिएनन ।

कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका व्यत्तित्व, बुद्धिजिवि एवम पत्रकारहरुको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रममा लामो समय पछि औपचारीक कार्यक्रममा देखिएका मोहन विक्रमले आफुहरुले समान्तवादको विरुद्धमा दशकौ देखि आवाज उठाउदै आए पनि त्यो नारा अझै सफल हुन नसकेको बताए । विश्वमा समाजवाद र साम्यवाद पुरा गर्नको लागि विश्व भरिका कम्युनिष्ठ एक हुनुपर्ने बताए ।


वर्तमान सरकार कम्युनिष्ठको वहुमतिय सरकार भए पनि व्यवहार भने अर्धसामान्तीबाद जस्तै देखाएको उनको आरोप थियो । संविधानले देशलाई समाजवाद उन्मुख गराउने कुरा उल्लेख गरे पनि सोही अनुसारको क्रियाकलाप हुन नसकेको भन्दै नेता सिहले चाहे भने कम्युनिष्ठ सरकारले उक्त कार्य गर्न सक्ने विश्वास समेत व्यक्त गरे । “कम्युनिय सरकार बहुमतिय सरकार छ । स्थायी सरकार पनि छ ।” उनले भने “सरकारमा भएका व्यक्तिले चुनावमा गरेका प्रतिवद्धता पुरा गरे पनि देश समाजवाद उन्मुख हुनेछ ।” वर्तमान सरकारले शिक्षा, स्वास्थ्य, उद्योग धन्दा, कलकारखाना, कृषिको विकास गरे पनि यो एउटा समाजवादको स्वरुप हुने उनको भनाई थियो ।

संविधानले देशलाई धर्म निरपेक्ष, गणतन्त्र जस्ता उपलब्धी दिए पनि भारतिय विस्तारवादले त्यसलाई संकटमा पार्दै लगेको उनको भनाई थियो । गणन्त्रलाई विशेष गरि भारतिय नेता र नीतिले असफल पार्ने दाउमा रहेको उनले बताए । “भारतबाट हाम्रो देश सधै असुरक्षित छ ।” उनले भने “त्यसैले देशले परराष्ट नितीमा विशेष ध्यान दिनु पर्छ ।” नेपाल र चिन दुवैसग सुमधुर सम्बन्ध राखे मात्रै देश सुरक्षित हुने उनको धारणा थियो । साथै उनले देशको विकास र देशलाई सुरक्षित राख्नको लागि सबै नेता र दल एकताबद्ध हुने पर्ने बताए ।
देशमा प्रसस्थ सम्भावना र पैसा भए पनि भ्रष्ट मनोबृत्ति भएका नेता, कार्यकर्ताको कारणले देशको विकास हुन नसकेको उनको भनाई थियो । देशप्रतिका मोहभाव नहुदा देशको दु्रत विकास हुन नसकेको उनले बताए ।
संघियताको बारेमा आफ्नो धारणा राख्दै नेता सिंहले सुरु देखि आफुहरुले विरोध गर्दै आइरहेको संघियताले अहिले देशलाई परिबन्धमा पार्दै आइरहेको बताए । नेपालमा भित्रिएको संघियता भारतिय अवधारणा भएको हुदा यो नोपल जस्तो सानो देशमा आवश्यक नरहेको बताए । “अहिले देशको विकासमा लगाउनुपर्ने रकम संघियताको नाममा खर्च भैरहेको छ ।” उनले भने “प्रदेशको संरचना निर्माण र त्यसमा हुने खर्चले देशको विकासको ढोका बन्द गर्ने प्रयास गरेको छ ।” विकास खर्च भरी सबै सं३ियताको नाममा खर्च बढे पछि अहिले जनता माथि कर थोपर्ने काम भैरहेको उनले बताए ।
नेपालको कम्युनिष्ट आन्दोलनको वारेमा आफ्नो धारणा राख्दै नेता मोहोनविक्रम सिंहले नेपालमा कम्युनिष्टको भविष्य उज्वल रहेको बताए । तर विश्वमा अहिले साम्यवादी शक्तिशाली भएको हुदा शोषण विकृति मौलाएको उनको भनाई थियो ।
छलफल चौतारीका अध्यक्ष सुसिल गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण पत्रकार महासंघ दागका अध्यक्ष सविन प्रियाशनले गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१