ताजा अपडेट

कमल गाउँलेको चाइनाको रेल

          |   321 Views   |   Published Date : 25th July 2018 |

37734266_956864204498651_7595788884340899840_n

दाङ,साउन ९ । राष्ट्रिय ख्याति प्राप्त कलाकार कमल गाउँलेले ल्याएको १८ औं गाइजात्रा चाइनाको रेल २०७५ को विमोचन गरिएको छ । दाङमा आयोजित एक कार्यक्रमकाबीच सभामुख कृष्णबहादुर महराले कम्प्युटरमा माउस चलाएर एल्वमको उदघाटन गरेका थिए । सो अवसरमा उक्त एल्वमको छोटो भाग समेत प्रस्तुत गरिएको थियो ।

उक्त एल्वममा नेपाली समाजको अहिलेको अवस्था, सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृति लगायतका विषयवस्तुलाई व्यङ्ग्यात्मक ढंगले प्रस्तुत गरिएको छ । सो अवसरमा बोल्दै महराले कमल गाउँलेको प्रतिभा राष्ट्रिय सम्पत्ति भएको बताएका थिए । उनले कलाकारहरुले कलाको माध्यमबाट समाज रुपान्तरणमा योगदान गर्नुपर्ने धारणा व्यक्त गरे । ‘हामी सबै राष्ट्र बनाउने महाअभियानमा छौं,’ महराले भने, ‘सबैले आ–आफ्नो क्षेत्रबाट राष्ट्रलाई योगदान दिनुपर्छ ।’ महराले कलाकारहरुले व्यङ्ग्यात्मक ढंगबाट विषय बस्तुको आकृति देखाउने मात्र नभएर अब समस्या समाधानका उपायहरुको वारेमा पनि मन्थन गर्नुपर्ने आवश्यकता औंल्याए ।

उक्त एल्वममा विशेषत गरेर सरकारले चीनबाट नेपाल ल्याउने भनेको रेललाई व्यङ्ग्यात्मक ढंगले पस्तुत गरिएको छ । कार्यक्रममा बोल्दै गाउँलले केही वर्ष यता नेपालमा मेट्रो रेल र मोनो रेलको कुरा निकै चर्चामा आएको बताए । ‘सबै जसो महानगर तथा उप–महानगरले रेलका कुरा उठाइरहेका छन्,’ उनले भने, ‘अब गफ गरेर मात्र हुँदैन काम गरेर देखाउनुपर्ने अवस्था आएको छ ।’ संघीय तथा प्रदेश सरकारले रेलको कुरालाई उच्च प्राथमिकतामा राखेका छन् । पूर्व–पश्चिम रेल निर्माणको प्रक्रिया अघि बढीसकेको छ । छिमेकी मुलुक चीन बाट रेल ल्याउन प्रधानमन्त्री केपी ओली शर्माले चीनिया सरकारसँग महत्वपूर्ण सम्झौता समेत गरिसकेका छन् । तर, धेरैले तत्काल नेपालमा रेल आउने कुरा भने पत्याइसकेका छैनन् ।

कतिपय आलोचकहरुले सरकारलाई सबैभन्दापहिले यहि रहेको यातायात व्यवस्थालाई सुधार गर्न चुनौति दिइरहेका छन् । १८ औं गाइजात्रा चाइनाको रेल २०७५ बजारमा आइसकेकाले सबैलाई हेर्न उनले उनआग्रह समेत गरे । हास्यव्यङ्ग्यमा निकै ख्याति कमाएका गाउँलेको उक्त गाइजात्रे एल्वमलाई सबैले चासोका साथ पर्खिरहेका थिए । प्यारोडि शैलीमा नेपाली राजनीति र यहाँको वर्तमान परिस्थितिका वारेमा व्यङ्ग्य गरिएको गाउँलेले बताए ।

‘हामी कलाकारहरु कलाको माध्यमबाट समाज परिवर्तनमा योगदान गर्न चाहन्छौं,’ उनले भने, ‘यसले अहिलेको नेपाली समाजको वर्तमान अवस्था र जनताको अपेक्षालाई प्रतिविम्व गर्ने छ ।’

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१