फोहर फाल्नेलाई जरीवाना

  घोराही, साउन  । घोराही उपमहानगरपालिकाले जथाभावी फोहर फाल्ने एक जना व्यवसायीलाई कार्वाही गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकमा दुर्गामनी ट्रान्सफरका सञ्चालक बसन्त न्यौपानेलाई नगर क्षेत्रमा जथाभावी फोहर फालेको भन्दै ३ हजार रुपैयाँ जरिवाना गरेको हो । बस्नेतको पसलको सिसा र काँटीजन्य फोहर सहितको बोरा घोराही १४ को मनकामना सामुदायिक वनमा भेटिएपछि उपमहानगरले कार्वाही गरेको हो । स्थानियहरुको उजुरीका आधारमा उपमहानगरले फोहर फाल्नेको पहिचान गरी फोहर मैला व्यवस्थापन कार्यबिधी २०७४ को दफा १० को क बमोजिम गल्ती गरेको ठहर भएपछि ३ हजार रुपैयाँ जरिवाना तिराएको हो । नगर प्रमुख नरुलाल चौधरी, बाताबरण तथा विपद व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, सदस्य सचिब सुवोध रेग्मी सहितका प्रतिनिधीहरुको उपस्थितीमा कार्वाही स्वरुप जरिवाना गरिएको हो । साथै उपमहानगरपालिकाले जथाभावी फोहर नफाल्न र गल्ने नगल्ने फोहरहरुको छुट्टाछुट्टै व्यवस्थानमा सघाउन अपिल समेत गर्दै आएको छ । Facebook Comments