पशुबिमा गराउनेहरुको संख्यामा बिस्तार
पार्वती बस्नेत दाङ, साउन । सरकारले ल्याएको पशुबिमा निति अन्र्तगत पशुबिमा सेवा बिस्तार हुन थालेपछि भने बिदेश गएर पनि फर्किएका ब्यक्तिहरुले ब्यावसायिक रुपमा नै पशुपालनलाई निरन्तरता दिन थालेका छन् । सानो काम कामै नहुने, ठुलो काम गर्नलाई आफुसँग प्रायाप्त पैसो नहुने तरपनि बाबुबाजेले गर्दै आएको कामलाई निरन्तरता दिनुपर्छ भन्ने मान्यताका साथ कृषि र खसीबाख्रा पाल्दै आएको लमही नगरपािलका वडा नम्बर ९ रिहार निबासी मानसिंह वलीले बताउनुभयो । वलीलाई स्मरण छ बिगतका दिनहरुमा खसीबोका पाल्दा सम्म पाल्यो अब आम्दानी होला भन्ने दिनमा खसीहरु रोगले मर्दा खाल्डो खनेर गाड्नुपथ्र्यो त्यसैले अब नेपालमा कृषि पशुब्यावसाय वाट केहि गर्न सकिदैन् कि भन्ने लागेर नै वली बिदेश जानुभयो । वलीलाई बैदेशिक रोजगार पनि त्यत्ति फलिफाप भएन बिदेशपनि भनेजस्तो सजिलो नहुदा वली फर्किएर फेरी आफनै ठाँउमा आउनुभयो । बिदेशवाट फर्किए लगत्तै वलीले आफुले गर्दै गरेको पुख्र्यौली पेशालाई नै अल्लि बिकसीत र परिमार्जन तबरले गर्न थाल्नुभयो । वलीले अहिले आधुनिक तथा ब्यावसायीक रुपमा २५ वटा सम्म बाख्रा पाल्दै आउनुभएको छ भने २५ वटै बाख्राको बिमा पनि गर्नुभएको छ । वलीले जस्तै आजभोली लमही नगरपालिका ९हर्दवाका निबासी गंगा घर्तिको श्रीमान् श्रीमतीले पनि बाख्रा पालन गर्दै आउनुभएको छ । गंगा सँग अहिले ४६वटा बाख्राहरु रहेका छन् । बाख्राको बिमा हुन थालपेपछि आफनो ब्यवासायप्रति जोश जागँर र उत्साहका साथै ढुक्कता रहेको बताउनुभयो … Continue reading पशुबिमा गराउनेहरुको संख्यामा बिस्तार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed