ताजा अपडेट

नृत्यमा समर्पित पुजा

          |   233 Views   |   Published Date : 24th July 2018 |

37789212_2065052717145460_2696763257389056000_n काठमाडौं । स्कूल देखि नै जादुगरी नृत्य देखाउँदै आएकी पुजा जोशी यतिबेला काठमाडौंमा आफ्नो क्षमता प्रदर्शन गर्न अग्रसर छिन् । लमजुङमा जन्मिएकी १७ वर्षीया पुजाको अद्भूत क्षमताकै कारण उनको सपरिवार यतिबेला काठमाडौंमा बस्दै आएको छ ।


बुबा काजीमान जोशी र माता मुना जोसीकी कान्छी छोरीकारुपमा जन्मिएकी पुजाले यो क्षेत्रमा केही गर्न सक्छ भन्ने मनशायले पुजासहित उनको घरपरिवार काठमाडौंमा आएर बस्न थालेको हो । हालसम्म ३० वटा जति म्यूजीक भिडियोमा काम गरिसकेकी पुजा यहाँका विभिन्न स्कूलहरुमा नृत्य प्रशिक्षककारुपमा काम गरिरहेकि छन् । यस बाहेक उनी अनाम नगरस्थित एक्सन मिडियामा काम गर्छिन् । नृत्यसँगै अभिनयमा पनि रुची राख्ने पुजालाई चलचित्रमा अभिनय गर्नका लागि भटाभट अफर पनि आइरहेको छ । तर १२ कक्षाको परीक्षाका कारण उनले फिलिममा खेल्न भने पाइनन् ।

37689748_2065052737145458_4665560138273259520_n


भविष्यमा राम्रो फिलिम आएमा अभिनय गर्ने सोँचमा रहेकी पुजाले अहिले पनि आफूलाई खान लगाउन पुग्ने कमाई गरिरहेकी छन् । यतिबेला पहिलो चरणको यात्रामा अगाडी बढेकाले पैशा नै सबै कुरा नभएको मान्यता राख्ने पुजा चर्चित मोडल सम्झना बुढाथोकीका कारण यो क्षेत्रमा आएको बताउँछिन् ।

37728683_2065052773812121_8940058603688034304_n

कामको सिलसिलामा विभिन्न जिल्लामा घुमेकी पुजा हेर्दा पनि अत्यन्त सुन्दर छिन् । स्टेजमा जब उनी डान्सका लागि उत्रन्छिन्, दर्शकहरुको वाहावाही थामि नसक्ने गरी चलि रहन्छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१