ताजा अपडेट

लायन्स क्लबहरुको संयुक्त पदस्थापन

          |   73 Views   |   Published Date : 23rd July 2018 |

20180722_171719

शरद रेग्मी घोराही, साउन  । लायन्स क्लब डिष्ट्रक ३२५ बिटु नेपाल यरिया नम्बर ५ को सयुक्त पदस्थापन कार्यक्रम दाङको घोराहिमा सम्पन्न भएको छ । आईतबार यस क्षेत्रमा रहेका दस वटा लायन्स क्लबहरुको पदस्थापन तथा पिभिएसटि ट्रेनिङ समेत आयोजना गरिएको छ ।

चिफ एरिया कोर्डिनेटर खडग बहादुर बस्नेतको अध्यक्षता तथा डिष्ट्रीक गभर्नर सुनिल ओझाको प्रमुख आतित्थ्यता तथा पत्रकार महासङघ दाङका अध्यक्ष सबिन प्रियासनको बिशिस्ट आतिथ्यतामा भएको कार्यक्रममा लायन बर्ष २०१८÷१९ का लागि यसअघि चुनिनु भएका सबै क्लबका अध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई पदस्थापन गराईएको थियो ।

कार्यक्रममा चिफ एडभाईजर राम प्रसाद भट्ट, बिनोद कुमार श्रेष्ठ, एडभाईजर प्रताप बिक्रम शाह, जिएसटि कोर्डिनेटर बिमल रिजाल, दाङ उधोग बाणिज्य सङघका उपाध्यक्ष वसन्त जोशी, अधिकारकर्मी जयानन्द शर्मा लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रम नयाँ क्लबहरु लायन्स क्लब अफ राप्ति ईन्जिनियरिङ र क्रेटिभ ओमेन लायन्स क्लबको समेत उदघाटन गरिएको थियो ।

कार्यक्रममा जोन चेयर पर्सन ललितजङग शाहले स्वागत तथा ध्वजाको अभिवादन सरस्वती सुबेदीले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन बिमल श्रेष्ठले गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१