ताजा अपडेट

बिरामीको चाप बढदै लमही अस्पतालमा, डाक्टर १ जना मात्रै

          |   81 Views   |   Published Date : 23rd July 2018 |

37682819_2130506573941079_7391629177293635584_n

सागर थापा घोराही,  साउन । दाङको लमही अस्पताल समस्या समस्यामै गुज्रिरहेको छ । ३ जनाको डाक्टरको दरबन्दी रहे पनि अहिले १ जना डाक्टरको भरमा सेवा दिनु परिरहेको डाक्टर अभिषेक गुप्ताले जानकारी दिएका छन् । उनका अनुसार ३ जना डाक्टर मध्ये २ जना पढ्नका लागि बिदामा बसेकाले अहिले १ जना डाक्टरले सेवा दिनु परिरहेको गुनासो गरेका छन् ।

यस्तै अस्पतालमा दक्ष जनशक्तिको चरम अभाव रहेको भन्दै अहिले एक्सरे पनि बन्द रहेकोे बताए । अहिले स्थानीय सेवाग्राहीहरु चर्को शुल्क तिरेर भएपनि सेवा लिन निजी क्लिनिकहरुमा धाउन वाध्य भएका छन् । यी सम्पुर्ण समस्या लिएर अस्पताल व्यवस्थापन समिति केही दिनमा डेलिकेशनमा जाने लक्ष्य लिएको समितिका अध्यक्ष चेतराम चौधरीले बताए । उक्त अस्पतालमा करार र अन्य गरी २५ जना कर्मचारी कार्यरत रहेका छन् ।

५० देखि १०० दक्ष जनशक्ति आवश्यक परेको अध्यक्ष चौधरीको भनाई रहेको छ । अस्पतालमा १५ वेडको क्षमता भए पनि अहिले १९ वेडको सेवा दिनु परेको अध्यक्ष चौधरीले बताएका छन्

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१