ताजा अपडेट

बजारका साईनबोर्ड अशुद्ध

          |   262 Views   |   Published Date : 23rd July 2018 |

ddd

दाङ, साउन  । घोराही बजार क्षेत्रमा राखिएका साईनबोर्डहरु भाषिक रुपमा अशुद्ध रहेको पाईएको छ । आईतबारदेखि सुरु भएको भाषा सुधार अभियानका क्रममा साईनबोर्ड, होडिङ बोर्डहरु भाषिक रुपले अशुद्ध रहेको पाईएको हो । जिल्लाकै सबै भन्दा पुरानो सर्वोदय पुस्तकालय तथा वाचानालयले बजार क्षेत्रका पसल तथा विभिन्न स्थानमा राखिएका विभिन्न बोर्डहरुको भाषालाई सुद्धिकरण गर्ने अभियान सुरु गरेको छ ।

अभियानको पहिलो चरणमा घोराहीको ट्राफिकचोक नजिकको पिपलबोटदेखि निमा हलसम्म बोर्डहरुको भाषिक शुद्धता हेरिएको थियो । त्यसक्रममा ९० प्रतिशत पसलमा भाषिक त्रुटी देखिएको छ । अभियानमा उपसमिति संयोजक पद्यमप्रसाद शर्मा तथा सदस्यहरु टीकाराम उदासी र अम्बिकाप्रसाद डाँगी तथा मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका राप्ती समिति संयोजक सुनिल पोख्रेल र सचिव राजेन्द्र गौतमले भाषिक सहयोग गर्नुभएको थियो । अभियानमा ९० प्रतिशत पसलमा भाषिक त्रुटी देखिएको सदस्य उदासीले जानकारी दिनुभयो ।

शब्दका हिसाबले तीस प्रतिशत जति गल्ती देखिएको र सच्याउन लिखित रुपमै सुझाव दिइएको उहाँले जानकारी दिनुभयो । अभियानमा गौतमनगर टोल विकास संस्था, हस्पिटल टोल विकास संस्था र पिपलबोट टोल विकास संस्थाले सहजीकरणकाल लागि सहयोग गरेका छन् ।

अभियानको आइतवार उद्घाटन गरिएको छ । अभियानको उद्घाटन घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, १५ का अध्यक्ष रमेशकुमार पाण्डे र १७ का अध्यक्ष खुशीराम चौधरीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो । सर्वोदय पुस्तकालय तथा वाचानालय ब्यवस्थापन समितिका अध्यक्ष सुशील गौतमले पहिलो दिनको अभियानबाट निकै राम्रो प्रतिक्रिया प्राप्त भएको बताउनुभयो ।

ब्यानर साइनबोर्ड लेख्ने आर्टहरुलाई पनि दाङ उद्योग वाणिज्य संघसँग सहकार्य गरेर भाषिक शुद्धताका लागि प्रशिक्षण दिने उहाँले जानकारी दिनुभयो । उपसमिति संयोजक पद्यप्रसाद शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन पुस्तकालय ब्यवस्थापन समितिका सदस्य सुदीप गौतमले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१