ताजा अपडेट

प्रहरीद्धारा काठ पक्राऊ, अभियुक्त सहित वनलाई बुझाईयो

          |   487 Views   |   Published Date : 23rd July 2018 |

37732310_1847069021998693_3832452545750499328_n घोराही, ७ साउन । ईलाका प्रहरी कार्यालय गढवाको गस्ती टोलीले गएराती ११.३० बजेको समयमा ८ थान सालका अबैध चिरान घप्पु र ४ थान चिरान कडी सहित एकजना अभियुक्तालाई पक्रउ गरेको छ ।

प्रहरी निरिक्षक पञ्चलाल गोलेको नेतृत्वमा परिचालित गस्ती टोलीले गढवा–५ तकियापुर बाट काठ सहित काठ ओसार पसारमा संलग्न गढवा–५ तकियापुरका ४२ बर्षिय ज्ञानु चौधरी भनिने ब्रहावानु चौधरीलाई लाई पक्राऊ गरेको हो । अबैध काठ ओसार पसारमा संलग्न चौधरीको घर आँगनबाट काठ पक्रऊ भएको प्रहरी निरिक्षक गोलेले बताउनु भयो । पक्राऊ भएको काठ ८ थान घप्पु र ४ थान कडी सहित ८.६४ क्यूफिट रहेको प्रहरीले बताएको छ ।


यसैविच पक्राऊ भएको काठ सहित अबैध काठ ओसार पसारमा संलग्न गढवा ८ तकियापुरका ज्ञानु चौेधरी भनिने ब्रहावानु चौधरीलाई प्रहरीले आवश्यक कार्वाहीका लागि ईलाका वन कार्यालय गढवाको जिम्मा लगाएको छ । ईलाका वन कार्यालय गढवाले प्रहरीद्धारा पक्राऊ परेका अभियुक्तलाई आईतवार नै जिल्ला वन कार्यालय मार्फत जिल्ला अदालतमा मुद्दा दायर गरेको कार्यालय प्रमुख शिबकुमार महतोले जानकारी दिनुभयो ।

निजलाई आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालयको हिरासतमा राखिएको र वन ऐन २०४९ र वन नियमावली २०५१ बमोजिम विगो कायम गरि मुद्दा चलाईने वन कार्यालयले जनाएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१