ताजा अपडेट

पुष्पलाल व्यक्ति होइन विचार हो

          |   72 Views   |   Published Date : 23rd July 2018 |

IMG_8934

तुलसीपुर, साउन । वामपन्थी नेता पुष्पलाल श्रेष्ठको सम्झनामा तुलसीपुरको पुष्पलाल वाटिकामा वृक्षारोपण गरिएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा विभिन्न जातमा विरुवा लगाइएको थियो ।

कार्यक्रममा वोल्दै नेकपाका नेता टिकाराम खड्काले पुृष्पलालले नेपाली वामपन्थी आन्दोलनमा महत्वपूर्ण योगदान दिएको चर्चा गरेका थिए । उनले पुष्पलालको सपना साकार पार्नका लागि पनि वामपन्थीहरु एक भएको वताए । कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले पुष्पलाल व्यक्ति भन्दा पनि विचार भएको कुरा वताए । उनले पुष्पलालले वामपन्थी आन्दोलनलाई उचाईमा पु¥याउनका लागि महत्वपूर्ण योगदान दिएको वताए ।

कार्यक्रममा नेकपाका अर्का नेता शेसुराम भण्डारीले पुष्पलालको व्यक्तित्वका वारेमा चर्चा गरेका थिए । प्रतिष्ठानका अध्यक्ष वामदेव शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सालिकराम रजौरेले गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१