ताजा अपडेट

द्धन्द्ध पीडितको साढे ६करोड फिर्ता

          |   143 Views   |   Published Date : 23rd July 2018 |

we रीता लामा घोराही,७ साउन । द्धन्द्ध पीडितको लागि आएको करिव साढे ६ करोड रुपैया फ्रिज भएको छ । तत्कालिन माओवादीको ससस्त्र युद्धको समयमा राज्य पक्ष र विद्रोही पक्षबाट भएका विभिन्न क्रियाकलापबाट पीडित भएकाहरुको लागि सरकारले हरेक बर्ष जिल्लामा राहत रकम पठाउदै आइरहेको छ । सरकारले जिल्ला प्रसासन कार्यालय दाङ मार्फत वितरण हुने गरि यस बर्ष पनि करिव साढे १३ करोड रुपैया दाङमा पठाएको थियो ।

उक्त रकम सम्बिन्धि पीडित परिवार समक्ष समयमा सुचना नपुग्दा उक्त रकम फिर्ता गएको हो । गत आर्थिक बर्ष २०७४।७५मा द्धन्द्ध पीडितको लागि भनेर गृह मन्त्रालय राहत तथा तथ्यांक महाशाखाले करिव १३ करोड १ लाख ८ हजार रुपैया रकम पठाएको थियो । तर जिल्ला प्रसासन कार्यालय दाङले रकम ढिला गरि आएको भन्दै जम्मा ६ करोड ३४ लाख २२ हजार मात्र वितरण गरेर अरु सबै रकम फिर्ता पठाएको छ ।


सरकारले विगत देखि नै ससस्त्र द्धन्द्धको समयमा मृत्यु भएका सहिद परिवारले, विस्थापित भएकाहरु, घाइते अपांग भएकाहरुलाई राहत दिदै आइरहेको छ । सोही अनुरुप गत आर्थिक बर्षमा पनि उनीहरुको लागि राहत रकम आएको थियो । तर रकम वितरणको लागि प्रयाप्त समय नभएको, रकम ढिला आएको भन्दै द्धन्द्ध पीडितको लागि भनेर आएको राहत रकम फिर्ता गएको हो ।
जिल्ला प्रसासन कार्यालय दाङकी लेखा अधिकृत विश्वमाया वहकरीले दिएको जानकारी अनुसार मन्त्रालयले यस बर्ष निकै ढिला गरि द्धन्द्ध पीडितको रकम पठाएको हुदाँ वितरणको समय नहुदा रकम फ्रिज हुन पुगेको हो । अधिकांस द्धन्द्ध पीडितहरु सम्पर्कमा नआएर पनि उक्त रकम फिर्ता गएको उनले बताइन । उनका अनुसार गत असार १४ गते मात्रै द्धन्द्ध पीडितको राहतको लागि रकम जिल्लामा आइपुगेको थियो । र जिल्ला प्रसासनले १५ गते देखि नै वितरण थालेको थियो । असार १५ देखि ३२ गतेसम्म मात्र समय तोकिएको हुदाँ उक्त समयमा राहतको रकम आएको छ भन्ने थाहा नभएकाहरु यस बर्ष राहत रकम पाउनबाट छुटेका छन ।
तर जिल्ला प्रसासनसँग मृतक परिवार, घाइते अपांग, विस्थापितहरु जिल्लामा के कति छन, कति छुटे भन्नेसम्म एकिन तथ्यांक छैन ।
लेखा अधिकृत वहकरीका अनुसार प्रसासनले असार १५ देखि ३२सम्म जम्मा १७ दिनको अवधिमा ४ सय ४९ जना द्धन्द्ध पीडितलाई ६ करोड ३४ लाख २२ हजार वितरण गरेको छ । जसमा मृतकका २९ परिवारलाई ४८ लाख रुपैया वितरण गरेको छ ।, बेपत्ता भएकाहरुको ७ परिवारलाई ५० लाख रुपैया वितरण गरेको छ । त्यस्तै मृतक सेना, प्रहरी, ससस्त्र प्रहरीका ९ परिवारलाई १३ लाख ५० हजार, ३ सय ४ विस्तापितको लागि ४ करोड २ लाख २ हजार ६ सय (प्रति व्यक्ति २५ हजार), त्यस्तै २० जना घाइते अपांगको लागि १९ लाख ५९ हजार ४ सय रुपैया वितरण गरेको छ ।
सरकारले आर्थिक बर्ष २०७३÷०७४ सम्म दश लाख प्राप्त गर्न नसकेका मृतक, बेपत्ता, मृतक सेना, प्रहरी, सशस्त्र प्रहरीका लागि १० लाख नबढ्ने गरी र पाँचौँ कार्यदलमा नाम समावेश भएका अपहरणमा परेका र बिस्थापित भई रकम नलिएका परिवारलाई प्रति व्यक्ति २५ हजार बितरण गरेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए । रकम प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय सार्बजनिक सुचना जारी गरेर द्वन्द्वपीडितलाई सम्पर्क गर्न आग्रह गरे पनि सबै द्धन्द्ध पीडित सम्पर्कमा नआएको उनले बताए । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने जिल्लामा द्वन्द्व पीडितहरुको ठुलो संख्या रहेपनि धेरै सम्पर्कमा नआउदा रकम वितरण हुन नसकेको बताए ।
जिल्लामा सशस्त्र द्वन्द्वका कारण २ हजार ९ सय २३ जना प्रत्यक्ष प्रभावित भएका थिए । जसमा ६ सय १ जनाको मृत्यु भएको थियो । त्यस्तै १ सय २४ जना बेपत्ता, २ सय ९० अपहरण, ४ सय ११ अपांग, सम्पति क्षतिमा ९ सय ११, बिस्थापित ५ सय ४५, टुहुरा १० र ३१ जनाले कैद तथा हिरासतमा गरि प्रभावित भएको स्थानीय शान्ति समिति दाङले जनाएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१