ताजा अपडेट

दंगालीले सम्झिए पुष्पलाललाई

          |   109 Views   |   Published Date : 23rd July 2018 |

37635147_954816811370057_4741250986880794624_n

घोराही, ७ साउन । दाङका कम्युनिष्ट नेता कार्यकर्ताहरुले पाटीका संस्थापक नेता स्व.पुष्पलाललाई सम्झिएका छन । पुष्पलालको सम्झनाका सोमवार घोराहीमा औपचारीक कार्यक्रमको आयोजना गरि जिल्लाका नेता कार्यकर्ताहरुले सबै एक भएर स्वर्गिय पुष्पलालले देखाएको बाटोमा हिडनुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पाटीकी केन्द्रिय सदस्य रेखा शर्माले नेकपाका सस्थापक पुष्पलाल इमान्दार, दुरदर्शि र ऐतिहासिक व्यक्तित्व भएको नेता भन्दै प्रसंसा गरेकी थिइन । उनले उठाएको नीति, सिदान्त वर्तमान अवस्थामा पनि सहि भएको भन्दै नेता शर्माले पुष्पलालको योगदानलाई सबैले सधै सम्झनुपर्ने बताइन । पुर्व मन्त्री समेत रहेकी नेता शर्माले पुष्पलालको नीति सधै दिनदुखि र निम्नवर्गको पक्षमा आवाज उठानु रहेको हुदाँ नेकपामा नेताहरु प्नि उनले देखाएको वाटोमा हिडनुपर्ने बताइन । देशले संविधान निर्माण पश्चात देशको अग्रगामी विकासको लागि जनताले कम्युनिष्ठ पाटीलाई जनमत दिएको हुदा कुनै पनि वाहानवाजी नगरि जनताको पक्षमा काम गर्नुपर्ने बताइन ।


कार्यक्रममा बोल्दै नेकपाकी केन्द्रिय सदस्य एवम सचेतक शान्ता चौधरीले पुष्पलालले स्थापना गरे देखि फुटदै आएको कम्युनिष्ठ पाटी अहिले एक भएर उनको सपना पुरा गर्ने दिशातिर अगसर भएको बताइन । साथै उनले जनताले जनमत पनि दिएको र कम्युनिष्ट पाटी पनि एक भएको अवस्थामा जनताको पक्षमा काम गर्ने धेरै अवसर आफुहरुलाई आएको बताइन । स्थायिन देखि केन्दसम्म कम्युनिष्ट पाटीले जनमत पाएको अवस्थामा जनताको लागि दिलोज्यान लगाएर काम गर्नु पर्ने बताइन ।
यस्तै कार्यक्रममा बोल्दै प्र्रदेश सांसद उत्तरकुमार वलीले पुष्पलालले देखेको सपना जस्तै आफुहरुले अव सर्वहाराको पक्षमा काम गर्ने बताए । त्यस्तै कार्यक्रममा प्र्रदेश सांसद दामाकुमारी शर्माले कमम्युनिष्ठको सरकारले देशलाई अगाडी बढाउने दावि गरिन । जनताको जनमतलाई जनता कै हितमा काम गर्नुपर्ने बताइन । कार्यक्रममा नेकपाका नेता निर्मल आचार्य, शोभाराम शर्मा, छविलाल वली, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी लगायतले पुष्पलालको नेपाली जनताहरुलाई अधिकारसम्पन्न बनाउने पुष्पलालको सपनालाई आफुहरुले साकार पार्ने प्र्रयासमा लाग्ने बताएका थिए ।
नेकपाका नेता टीकाराम खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण पतिनीति सभाका सदस्य हिराचन्द्र केसीले गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१