ताजा अपडेट

डा. केसीको सत्याग्रहको २४ औँ दिनमा

          |   109 Views   |   Published Date : 23rd July 2018 |

Govinda-KC3

काठमाडौँ |  चिकित्सा शिक्षामा सुधारको माग गर्दै लामो समयदेखि आन्दोलनमा रहेका डा. गोविन्द केसी पछिल्लोपटक अनशन बसेको आइतबार २४ दिन भएको छ । संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकमा माथेमा आयोग अनुसार तयार भएको अध्यादेशको भावना तोडमोड गरिएको विरोधमा डा. केसीले यसपटक सत्याग्रह सुरु गरेका हुन् ।

उनले २४ दिनअघि जुम्ला पुगेर अनशन सुरु गरेका थिए । तर स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि सरकारले जोडबल गरेर डा. केसीलाई गएको बिहीबार काठमाडौँ ल्याएको हो । उनी अहिले त्रिवि शिक्षण अस्पतालमा अनशनमा छन् ।

उनले स्वास्थ्य अवस्था बिग्रिए पनि कुनै किसिमको स्वास्थ्य सेवा लिन अस्वीकार गरेका छन् । उनको मागको पक्ष र आन्दोलनको समर्थन तथा जीवन रक्षाका लागि नागरिक समाजका अगुवा तथा समाजका प्रवुद्ध समूह पनि आन्दोलनमा छन् ।

दैनिकजसो डा. केसीको समर्थन तथा माग पूरा गराउनका लागि दबाब दिने उद्देश्यले काठमाडाँैसहितका ठाउँमा प्रदर्शन हुने गरेका छन् । डा. केसीले यसअघि १४ पटक अनशन बसिसकेका छन् ।

डा. केसी १५ औँ पटकको अनशनमा रहँदा पनि उनका माग लगभग उस्तै छन् । यसअघिका अनशनमा डा. केसीले २३ दिनभन्दा बढी कटाएका थिएनन् । तर यो पटक भने उनको सत्याग्रह लामो भएको छ ।

सरकारसँगको वार्ताले अझै आकार लिन सकेको छैन । सोमबार पनि वार्ता हुने वा भए पनि सहमतिमा पुग्ने सम्भावना देखिएको छैन ।

सरकार उनका मागमा गम्भीर नभएको आरोप लाग्ने गरेको छ । यसले गर्दा डा. केसीको यो पटकको सत्याग्रह यसअघिका भन्दा लामो बन्दै गएको छ र उनको स्वास्थ्यमा थप समस्या देखिन थालेका छन् ।

सभार :देश संचार

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१