ताजा अपडेट

‘बर्षदिनको अनुभवले आत्मविश्वास बढाएको छ’

          |   154 Views   |   Published Date : 22nd July 2018 |

37627988_1844991895539739_3049405507186982912_n रीता लामा घोराही, ६ साउन । घोराही उपमहानगरपालिकाकी न्यायिक समितीकी संयोजक सीता सिग्देल न्यौपाने न्यायिक समितीको संयोजक भएको करिव एक बर्ष पुग्यो । यस बीचमा उनले करिव एक सय बढी विवादलाई किनारा लगाइसकेकी छन । सुरुसुरुमा विवादको किनारा लगाउने काम उनलाई निकै अपठेरो लाग्थ्यो । के, कसरी गर्ने अलमल हुन्थ्यो ।

तर अव अवस्था फेरीएको छ । आत्म विश्वास बढेको छ । यो एक बर्षको अनुभवले उनलाई आफु जनताको समस्या समाधान गर्नै चुनाव जितेको जस्तो लाग्छ । उनी भन्छिन ‘जनताको प्रतिनीति हुँ । हरदम जनता कै लागि काम गर्न यस्तो जिम्मेवारी पाए जस्तो लाग्छ ।’ न्यायिक समितीको संयोजक भैसके पछि जनताहरुले घरघरमा पुगेर उनीहरुको अवस्था एवम समस्या बुझन पाएकोमा संयोजक न्यौपानेलाई औधि खुसी छिन । जस्तो जग्गा विवादको समस्या आए, उनी दुवै पक्षको घरआगन र खेतवारी मै पुग्छिन, सम्बन्ध विच्छेद, लेनदेनको समस्या आए पनि फिल्ड मै पुगेर, बास्तविकता बुझेर समस्याको उचित निर्णय लिनुपर्ने हुन्छ ।


पहिले पहिले अलमल भए पनि अहिले उनमा आत्म विश्वास निकै बढेको छ । अघिल्लो बर्ष असार २१ गते उनले उपमेयरको पदभार ग्रहण गरिन । संविधानमा उल्लेखित जिम्मेवारी बमोजिम उनी अघिल्लो बर्ष साउन १० गते न्यायिक समितीको संयोजक बनिन । समितीको सदस्यहरुमा वडा नम्वर १०का अध्यक्ष काशी खनाल र वडा नम्वर १३की पवित्रा सेर्पाइली छन । विवादको समाधानको लागि उनीहरुबाट पनि सुझाव सल्लाह लिन्छीन । त्यस्तै जुन वडाबाट उजुरी आएको छ । त्यही वडाको वडा अध्यक्ष, सदस्यहरु लगायतको सुझाव सल्लाह लिने र, उनीहरुबाट समस्याको बास्तविकता बुझेर मात्र निर्णय दिने गरेको उनी सुनाउछिन ।

37730659_1844993668872895_911751136657014784_n

अझ कतिपय उजुरीमा आरोपितलाई पटकपटक बोलाउदा पनि नआए पछि प्रहरीको सहयोग समेत लिनुपरेको उनको अनुभव छ । त्यस्तै वकिलबाट पनि कानुनी कुरा बुझनको लागि निरन्तर सरसहयोग मागिरहेको उनी बताउछिन ।
तर पछिल्लो समय न्यायिक समितीबाट छिटो समस्याको सामाधान हुने, आर्थिक खर्च पनि नहुने भए पनि धेरै जसो मानिसहरु आफनो समस्या लिएर न्यायिक समितीमा आउने गरेका छन । सुरुका दिनमा महिनामा एक दुइ वटा उजुरी आउने न्यायिक समितीमा पछिल्लो समय दैनिक जसो उजुरी पनि आउने थालेको छ । भने जनतामा न्यायिक समितीपति विश्वास समेत बढदै गइरहेको छ ।
हालसम्म न्यायिक समितीमा दुइ सय पचास बढी उजुरी परेका छन । त्यस मध्य एक सय बढी उजुरीलाई उनले किनारा लगाइसकेकी छन । न्यायिक समितीमा गत आर्थिक बर्ष २०७४ असार देखि २०७५ साउन पहिलो सातासम्म करिव दुइ सय ४६ निवेदनहरु परेका छन । जस मध्य १ सय २ निवेदनहरुको अन्तिम निर्णय भैसकेका छन भने १ सय ४४ निवेदनहरु पक्रियामा छन । न्यायिक समितीकी संयोजक न्यौपानेले दिएको जानकारी अनुसार सबै भन्दा धेरै जग्गा विवाद सम्बीन्ध ९८ वटा निवेदन दर्ता भएका छन । त्यस मध्ये २५ वटा मिलापत्र भैसकेको छ भने ७३ वटा बाकि छ । समितीकी संयोजक न्यौपाने सबै भन्दा धेरै उजुरी पनि जग्गा विवादको आउने र समाधानको लागि लामो पक्रिया पनि यही उजुरीमा हुने उनको अनुभव छ ।

अर्थात जग्गा विवादको उजुरी आए, पक्ष विपक्षको कुरा सुन्नु पर्ने, जग्गा नापछेकको लागि फिल्डमा अमिन पठाउनुपर्ने, अमिनले ल्याएको रिपोर्टको आधारमा छलफल चलाउनुपर्ने र फेरी आफै फिल्डमा पुगेर बास्तविकता बुझेर मात्र निर्णय लिनुपर्ने हुन्छ । कुनै कुनै जग्गा विवादको उजुरीमा त महिनादिनसम्म पनि निरन्तर दौडधु गर्नु पर्ने उनी बताउछिन । जग्गा विवाद पछि लेनदेनका ५० वटा मुद्धा न्यायिक समितीमा परेका छन । त्यस मध्य २७ किनारा लागि सकेका छन भने २३ वटा मुद्धा किनारा लगाउन बाकी छ । पछिल्लो समय न्यायिक समितीले गरेको निर्णयबाट जनताहरुमा विश्वास बढे पछि उजुरीहरु बढन थालेको उनको भनाई छ ।
त्यस्तै यो एक बर्षको अवधीमा घरेलु हिंसा सम्बन्धि ३३ वटा उजुरी न्यायिक समितीमा परेका छ । त्यस मध्य १७ वटा किनारा लागिसकेका छन भने १६ वटा पक्रियामा छन । यस्तै सम्बन्ध विच्छेद सम्बन्धि १२ वटा उजुरी परेकोमा ८ वटा किनारा लागिसकेका छन भने ४ वटा पक्रियामा छन । यस्तै कुलो नालापानी सम्बन्धी उजुरी परेका ६ वटा विवाद मध्य ४ किनारा लागे भने २ पक्रियामा छन । न्यायिक समितीमा घरभाडा सम्बन्धि ८ वटा उजुरी मध्य ३ समाधान भए भने ५ वटा बाकी छन । बातावरण सम्बन्धि २ मध्य एक मिलापत्र भयो भने एक बाकी छ । त्यस्तै गालि बेज्जती सम्बन्धि २ मध्य एक मिलापत्र भयो भने एक बाकी छ । त्यस्तै अन्य विभिन्न किसिमका २६ उजुरी मध्य १२ किनारा लाग्यो भने १४ वटा पक्रियामा छन ।
न्यायिक समितीकी संयोजक सीता सिग्देल न्यौपानेले अहिले आफनै कार्यकक्षमा इजलास अर्थात पक्ष विपक्ष बीचको छलफल चलाईरहेकी छन ।

उक्त कक्ष उपमेयरको भएको हुदाँ उपमेयरको जिम्मेवारीमा अन्य धेरै काम पर्ने हुदाँ न्यायिक समितीको छलफलको लागि छुटै कक्ष स्थापना गर्नुपर्ने अवस्था सिर्जना भएको उनी सुनाउछिन । त्यस्तै न्यायिक समितीले आरोपिलाई बोलाउदा नआए पछि पहरीलाई भन्नुपर्ने बाध्यता र पहरीले पनि भनेको समयमा कुरा नसुन्दा समस्या समाधानमा गाहो भएको हुदाँ छिटो भन्दा छिटो नगर पहरीको आवश्यकता रहेको उनको भनाई छ । साथै आगामी दिनमा आवश्यकताको परिपुर्ति गरि न्यायिक कामलाई दुत गतिमा अगाडी बढाउने उनको योजना छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१