ताजा अपडेट

अभिनयको लागि जन्मिएकी बेबो

          |   1689 Views   |   Published Date : 22nd July 2018 |

37615321_649738228728498_1200759623443808256_n दाङ । सुन्दरतासँगै अभिनय र नृत्यमा पोक्त बेबो आचार्य यतिबेला नेपाली चलचित्रमा अभिनय गर्ने योजनासहित अगाडी बढेकी छन् । चितवनमा जन्मिएपनि काठमाडौंलाई कर्मथलो बनाएकी २१ वर्षीया बेबोले हालसम्म ७ वटा म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

छोटो समयमा नै एकपछि अर्को म्यूजिक भिडियोमा अभियन गरेकी बेबोलाई नेपाली चलचित्रमा नायीकाको लागि समेत प्रस्ताव आएको छ । चलचित्रको नाम सार्वजनिक गर्न नचाहेकी बेबो भन्छिन्, ‘अब दर्शकले मलाई छिटै नै नायीकाकारुपमा देख्न पाउनेछ ।’

37682460_649738185395169_37247777457045504_n


सिने क्षेत्रमा नै समर्पित हुने सोँचसहित अगाडी बढेकी बेबोले फोटोसूटहरु पनि धेरै पटक गरिसकेकी छन् । साँगीतिक कार्यक्रमहरुमा डान्सरकारुपमा काठमाडौं र बाहिरी जिल्लाहरुमा समेत पुगि सकेकी बेबो हाल व्याचल चौथो वर्षमा अध्ययन गर्दैछिन् । हुमनाथ आचार्य र इन्दिरा आचार्यको साइली छोरीकारुपमा जन्मिएकी बेबोलाई यो क्षेत्रमा लाग्नका लागि घरपरिवारको पूर्ण समर्थन छ । परिवारको समर्थनका कारण छोटो समयमा नै धेरै अगाडी बढेको बताउने बेबो भविष्यमा सफल नायीका बनेरै छाड्ने दृढ संकल्पमा छिन् ।

37583672_650037828698538_6557299112524382208_n

‘म दिन रात एक गर्नेछु, सफल नायीकाको दर्जमा आफूलाई उभ्याउनेछु’, बेबो थप्छिन्, ‘परिश्रम गरे फल पाइन्छ ।’

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१