ताजा अपडेट

नमुना विद्यालय स्थापनाका लागि प्रतिद्धता पत्र

          |   81 Views   |   Published Date : 21st July 2018 |

37657485_1843611355677793_3821163086774009856_n दाङ, ५ साउन । घोराही उपमहानगरपालिका १४ मा नमुना विद्यालय स्थापनाका लागि १६ बुदे प्रतिद्धता पत्र निर्माण गरिएको छ । वडामा संचालित सामुदायिक विद्यालयका प्रधानध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहभागितामा उक्त प्रतिद्धतापत्र निर्माण गरिएको ।

वडामा संचालित विद्यालयमा नमुना विद्यालयमा रुपमा संचालन गर्नका लागि यो अभिभयान संचालन गरिएको वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए । उक्त प्रतिबद्धता पत्रमा शिक्षक र विद्यार्थी १० बजे अनिवार्य रुपमा विद्यालयमा उपस्थित हुनपर्ने, कक्षा कोठामा शिक्षकले पाठ्यक्रम अनुसारको शैक्षिक सामग्री अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने, भय रहित र पूर्ण वालमैत्री कक्षाका रुपमा पठन ÷पाठन संचालन गर्नुपर्न, विद्यार्थीहरुलाई शुरक्षित खानेपानीको व्यवस्था गर्ने,विद्यालय परिसर र कक्षाकोठा पूर्ण सरसफाईको व्यवस्थापन र बिद्यालय परिसरमा पुष्पवाटीका निर्माण गर्नुपर्ने, बिद्यार्थी र शिक्षकका लागि शौचालयको राम्रो व्यवस्थापन गर्नुपर्ने अध्यक्ष डाँगीले जानकारी दिए ।


यसका साथै लागु औषध दुव्र्यशनी मुक्त गर्नका लागि प्रत्येक विद्यालयमा फोकल पर्सन तोक्नुपर्ने । शिक्षक बिदामा बस्दा एक दिन अगाडी विदा स्वीकृत गर्नुपर्ने, बिद्यार्थीहरुबाट शुल्क लिदा कुनै कामगर्दा वडा कार्यालयलाई लिखित जानकारी गराउनुपर्ने, प्रत्येक महिना विद्यालय व्यवस्थापन समितिको बैठक अनिवार्य बस्नुपर्ने, प्रत्येक विद्यालयको आय÷व्ययको विवरण लिखित रुपमा वडा कार्यालयलाई जानकारी गराउनुपर्ने, शिक्षकले विद्यार्थीसंग प्रत्येक दिन एउटा अंग्रेजी शब्द बोल्न र विद्यार्थीलाई लेखेर ल्याउन लगाउँने, विविध विषयमा अन्तर विद्यालय प्रतियोगीता संचालन गर्ने, सुरक्षित खानोपानी वितरणका लागि सबै बिद्यालयहरुमा अनिर्वाय युरोगार्डको व्यवस्थापन र तत्काल शौचालयको व्यवस्थापन गर्ने जस्ता कुराहरु प्रतिवद्धता पत्रमा समावेश गरिएका छन ।
साथै विद्यार्थीहरुका लागि प्रत्येक विद्यालयमा संस्कारीक पठन ÷पाठनको व्यवस्था गर्नुपर्ने, विद्यालयमा जातीय छुवाछुत तथा विभेद सम्बन्धी अन्तरक्रिया र पठन पाठन संचालन गर्नुपर्ने समेत अध्यक्ष डाँगीले जानकारी दिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१