ताजा अपडेट

ज्ञानदिपमा विद्यार्थीको विदाई

          |   84 Views   |   Published Date : 21st July 2018 |

37568710_1843608812344714_7341850995959267328_n तुलसीपुर, ५ साउन । तुलसीपुरमा रहेको ज्ञानदीप कलेजले आमसञ्चार तथा पत्रकारितामा स्नातक तह तेस्रो वर्षमा अध्ययरत विद्यार्थीहरुको विदाइ गरेको छ । विदाई कार्यक्रममा वोल्दै कलेज प्रमुख सुरेन्द्र जिसीले पत्रकारिताको क्षेत्रमा नयाँ र उल्लेखनीय काम गर्नका लागि आग्रह गरेका थिए ।

उनले पत्रकारिताको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागु गर्नुपर्ने आवश्यकता रहेको कुरा औल्याए ।“आजको प्रतिष्पर्धि दुनियाँमा विषयगत ज्ञान विना केही पनि गर्न सम्भव छैन ” उनले भने । कलेजका शैक्षिक संयोजक शरद गौतमले विद्यालयले सिकाएको कुरालाई विद्यार्थीहरुले वास्तविकतामा लागु गर्नुपर्ने वताए ।


कार्यक्रममा वोल्दै विद्यार्थी संगीत वस्यालले सैद्धान्तिक ज्ञानले पत्रकारितामा थप केही गर्ने आँट पलाएको वताए । अर्का विद्यार्थी देविराम कुसारीले पत्रकारिता गर्नेहरुका लागि पत्रकारिताको शिक्षा आवश्यक रहेको वताए । विद्यार्थी शेखर जिसीले विद्यालयले थप केही नयाँ काम गर्ने प्रेरणा दिएको वताए । विगत ५ वर्षदेखि ज्ञानदिप कलेजले स्नातक तहमा आमसञ्चार तथा पत्रकारिताको अध्यापन गराउँदै आएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१