ताजा अपडेट

जिल्ला वनको रुपान्तरणसंगै वनक्षेत्र अलमलमा

          |   75 Views   |   Published Date : 21st July 2018 |

gt घोराही, ५ साउन । जिल्ला वन कार्यालय प्रदेश सरकार अन्र्तगत रुपान्तरण भएसंगै जिल्लाका वन कार्यालयहरु तथा वनक्षेत्रमा कामगर्ने सरोकारवालाहरु अलमलमा परेका छन् । जिल्ला वन कार्यालय रुपान्तरण भयो, अब दाङ जिल्लामा २ वटा मात्र डिभिजन वन कार्याालयहरु रहने परिपत्र विभागबाट आएको छ ।

एउटा डिभिजन वन कार्यालय देउखुरीमा रहने छ भने अर्को डिभिजन वन कार्यालय दाङ डिभिजन वन कार्यालय बनेर स्थापित हुने छ, जिल्ला वन कार्यालय दाङका प्रमुख जगधिश प्रसाद गुप्ताले भने । जिल्ला वन कार्यालयको रुपान्तरण संगै जिल्लामा रहेका तुलसीपुर क्षेत्रको धनौरी, घोराही क्षेत्रको भरतपुर र देउखुरी गढवाको समेत ३ वटै सेक्टर वन कार्यालयहरु पनि रुपान्तरण हुने भएका छन् । रुपान्तरण पछि यि सबै वन कार्यालयहरु कामगर्ने सवालमा अलमल र अन्यौलतामा रहेको स्रोतले बताएको छ । ईलाका वन कार्यालयहरु भने सबै यथावत् स्थानमा रहने छन् तर नाम परिवर्तन गरि सव डिभिजन वन कार्यालयका रुपमा रहने छन् , जिल्लामा एक वन डिभिजन कार्यालय अन्तरगत १६ वठा सव डिभिजन वन कार्यालयहरु रहने छन् गुप्ताले भने ।


जिल्लामा सदियौं देखि जिल्ला वन कार्यालयका सहायक केन्द्रका रुपमा तुलसीपुरक्षेत्रको धनौरी, घोराही क्षेत्रको भरतपुर र देउखुरी क्षेत्रको गढवामा सेक्टर वन कार्यालयहरु रहेका थिए । संघीयता कार्यान्वयनको अवधारणा बमोजिम ति वन कार्यालयहरु रुपान्तरण भै अब जिल्लामा २ वटा मात्र डिभिजन वन कार्यालयहरु रहने छन् भने जिल्ला वन कार्यालयको अवधारणा समेत खारेज भएको छ । दुवै डिभिजन वन कार्यालयहरुले समान रुपमा बराबर अधिकार कार्यान्वयन संगै उपभोक्ताहरुलाई सेवा प्रवाह गर्ने भएका छन् । यो संगै गढवामा रहेको सेक्टर वन कार्यालय खारेज भै लमहीमा देउखुरी वन डिभिजन कार्यालयको रुपमा स्थापना हुने भएको छ भने तुलसीपुरको धनौरीमा रहेको सेक्टर वन कार्यालय खारेजि भै घोराहीमा दाङ डिभिजन वन कार्यालय स्थापना हुने भएको छ ।

तुलसीपुर देखि पश्चिम दाङबाट वनको सेवा लिन सेवाग्रहीहरु घोराहीमा आउनु पर्ने भएको छ भने देउखुरीको राप्तीपारी क्षेत्रबाट पनि सेवाग्राहीलाई लमहीमा आउनु पर्ने भएको छ । यि क्षेत्रहरुमा वनका ठूला कार्यालयहरु नरहने कुरा करिब निश्चितप्रायः भै सकेको स्रोतले बताएको छ । दक्षिण देउखुरी क्षेत्रमा ५७ बढी सामुदायिक वनहरु रहेका छन् भने पश्चिम दाङ क्षेत्रमा पनि ठूलै पैमानामा सामुदायिक वनहरु रहेको र सेवा लिन उपभोक्तालाई सास्ती खेप्नुपर्ने भएको छ ।

जिल्लाका कुल ५१९ सामुदायिक वनहरु मध्ये करिव १ सयको हाराहारीमा देउखुरी उपत्यकामा सामुदायिक वनहरु रहेका छन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१