ताजा अपडेट

उपभोक्ताहरु आन्दोलनको तयारी गर्दै

          |   265 Views   |   Published Date : 21st July 2018 |

घोराही, ५ साउन । सदियौं देखि जिल्ला वन कार्यालयको सहायक अंगको रुपमा गढवामा रहेको सेक्टर वन कार्यालयको केन्द्रलाई विस्थापित गरी देउखुरी डिभिजन वन कार्यालयको अवधारण बमोजिम लमहीमा कार्यालय सार्न थालिएकोमा स्थानीय सरोकारवालाहरु तथा उपभोक्ताहरुले कडा आन्दोलनको तयारी गर्न थालेका छन् ।

विहीवार स्थानीय वन महासंघ गढवा गाउँपालिकाको आयोजनामा महासंघका अध्यक्ष नवराज शर्माको अध्यक्षता र वन महासंघ प्रदेश नं. ५ का प्रतिनिधी उमाकान्त पन्तको प्रमुख आतिथ्यमा गढवामा भएको अन्तरक्रित्मक कार्यक्रमले यस्तो निर्णय गरेको हो । गढवामा रहेको वन कार्यालयको सदियौं पुरानो केन्द्रलाई विस्थापित गरि लमहीमा सार्न थालीएको बुझीएकोले शसक्त विरोधका कार्यक्रमहरु तय गर्न आगामी साउन ५ गते दुवै गाउँपालिका स्तरिय बृहत संयुक्त कार्यक्रमको आयोजना गर्ने निर्णय भएको वन महासंघले जनाएको छ । कार्यक्रममा वन महासंघ गढवा, वन महासंघ राजपुर, वन तथा वातावरण संरक्षण समन्वय समिति, हिमवन्ती नेपाल, गढवा उद्योग वाणिज्य संघ र स्थानीय सामुदायिक वनका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।


बिहीवार गढवामा भएको सरोकारवालाहरुको अन्तरक्रिया एवं बैठकले आगामी साउन ५ गते शनिवारका दिन यस विषयमा बृहत संयुक्त अन्तरक्रिया आयोजना गरी वन कार्यालय लमहीमा सार्न नदीन संघर्ष समिति बनाउने र सम्वन्धीत निकायहरुमा दवाव सृजना गर्न संघर्षका कार्यक्रमहरु समेत सार्वजनिक गर्ने सहमती गरेको छ । उक्त कार्यक्रममा देउखुरी क्षेत्र नं. १ का प्रतिनिधी सभा तथा प्रदेश सभाका सबै सांसदहरु, दुवै गाउँपालिीका अर्थात् सरकारका स्थानीय तहका जनप्रतिनिधीहरु, सबै राजनितीक दलका प्रतिनिधीहरु,जिल्ला वन अधिकृत, जिल्ला वन महासंघ, स्थानीय वन महासंघहरु, दुवै गाउँपालिकाका सामुदायिक वनका प्रतिनिधी अगुवाहरु, हिमवन्ती नेपाल र वन तथा वातावरण र जैविक विविधताको क्षेत्रमा कामगर्ने स्थानीय संघसंस्थाहरु समेतलाई आमन्त्रण गरिने भएको वन महासंघ गढवाले जनाएको छ । गढवा उद्योग वाणिज्य संघको सभाहलमा राखीएको सो कार्यक्रममा उपस्थित हुनुहुन संघले सबैमा अनुरोध गरेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१