स्मार्ट सिटिमा प्रदेशको लगानीः मन्त्री केसी
सन्तोष अधिकारी दाङ, साउन । स्मार्ट सिटि बनाउछौ भन्दै नेताहरुले मिठा मिठा भाषणहरु गरेको तपाईहरु सवैलाई थाहा होला । तर सवैलाई थाहा नहुन सक्छ स्मार्ट सिटि के हो त ? कस्तोलाई स्मार्ट सिटि भन्ने ? यस्तै यस्तै प्रश्नहरुको उत्तर दिन कम्प्युटर एशोसियसन नेपाल क्यान महासंघले दाङको घोराहीमा स्मार्ट सिटि र सावईवर क्राईम सम्वन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्वोधन गर्दै पाँच नं प्रदेशका संघिय मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले ५ नं प्रदेशमा ३ वटा स्मार्ट सिटि वनाउने तयारी प्रदेश सरकारले गरेको जानकारी दिए । “दाङका २ उप महानगरपालीकालाई जोडेर एउटा, कोहलपुर नगरपालीका र नेपालगञ्ज उप महानगरपालीका जोडेर अर्को तथा बुटवल भैरहवा जोडेर महानगरपालीका बनाउने तयारी सरकारले गरेको छ” मन्त्री केसीले भने । तीनै पुर्वाधार निर्माणका हिसावले अलि सुविधा सम्पन्न मानिएका नगरपालीका, उप महानगरपालीकाहरुलाई जोडेर महानगरपालीका बनाई स्मार्ट सिटि वनाउने तयारी प्रदेश सरकारको छ । स्थानीय सरकारहरुले पनि मिनि सिटि निर्माणको तयारी गरीरहेकाछन्, त्यसको लागि प्रदेश सरकारले बजेट छुट्टाएको उनले बताए । ५ नं प्रदेशलाई आई टि जोनको रुपमा विकाश गर्नका लागि सम्भाव्यता समेत अध्ययन भैरहेको मन्त्री केसीले जानकारी गराए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री केसीले स्मार्ट सिटि बनाउनको लागि सवै सहज दाङमा हुने बताए । “पुर्वाधार निर्माणको हिसावले उदाउन थालेको दाङमा अहिले देखी नै स्मार्ट सिटिको … Continue reading स्मार्ट सिटिमा प्रदेशको लगानीः मन्त्री केसी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed