एसईईमा सफल पद्मोदय
यसवर्षको एसइईमा सामुदायिक विद्यालयतर्फ पद्यमोदय दाङकै उत्कृष्ट भएको भन्दै प्रदेश नम्बर पाँचको सरकारले पुरस्कृत गरेको हो । पाँच नम्बर प्रदेशको सामाजिक मन्त्रालयले दाङका सामुदायिक विद्यालयतर्फ एसर्ईईमा उत्कृष्ट पद्योदयलाई नगद ८० हजार र प्रमाण पत्रले पुरस्कृत गरेको विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डीसीले जानकारी दिनुभयो । पद्योदयबाट एसईईमा सहभागि सबै ३ सय ९५ जना उतीर्ण हुन सफल भएका छन् ।
एसइईमा सहभागि मध्ये ए प्लसमा ६ जना, ए ग्रेडमा ३२ जना, बि प्लसमा ५० जना, बि ग्रेडमा १ सय ९ जना, सि प्लसमा १२० जना, सि ग्रेडमा ७८ जना विद्यार्थी उतीर्ण भएका छन् । विद्यालयले ए प्लसमा उत्कृष्ट हुने ६ जना विद्यार्थी तथा अभिभावकलाई सम्मान गरेको थियो । विद्यालयले शतप्रतिशत उतिर्ण गराएको र दाङकै उत्कृष्ट भएको भन्दै प्रदेश सरकारले सम्मान स्वरुप पुरस्कृत गरेको हो ।
विद्यालयले पत्रकार सम्मेलन गरी यसवर्षको एसईईमा उत्कृष्ट अंक ल्याउन सफल भएको भन्दै प्रदेश सरकारबाट नगद र प्रमाणपत्रले सम्मानित भएको जानकारी गराएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्रकुमार घर्तीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन भएको हो ।



Leave a comment