ताजा अपडेट

स्मार्ट सिटिमा प्रदेशको लगानीः मन्त्री केसी

          |   251 Views   |   Published Date : 20th July 2018 |

IMG_20180714_115958 सन्तोष अधिकारी दाङ,  साउन । स्मार्ट सिटि बनाउछौ भन्दै नेताहरुले मिठा मिठा भाषणहरु गरेको तपाईहरु सवैलाई थाहा होला । तर सवैलाई थाहा नहुन सक्छ स्मार्ट सिटि के हो त ? कस्तोलाई स्मार्ट सिटि भन्ने ? यस्तै यस्तै प्रश्नहरुको उत्तर दिन कम्प्युटर एशोसियसन नेपाल क्यान महासंघले दाङको घोराहीमा स्मार्ट सिटि र सावईवर क्राईम सम्वन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।


कार्यक्रमलाई सम्वोधन गर्दै पाँच नं प्रदेशका संघिय मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले ५ नं प्रदेशमा ३ वटा स्मार्ट सिटि वनाउने तयारी प्रदेश सरकारले गरेको जानकारी दिए । “दाङका २ उप महानगरपालीकालाई जोडेर एउटा, कोहलपुर नगरपालीका र नेपालगञ्ज उप महानगरपालीका जोडेर अर्को तथा बुटवल भैरहवा जोडेर महानगरपालीका बनाउने तयारी सरकारले गरेको छ” मन्त्री केसीले भने । तीनै पुर्वाधार निर्माणका हिसावले अलि सुविधा सम्पन्न मानिएका नगरपालीका, उप महानगरपालीकाहरुलाई जोडेर महानगरपालीका बनाई स्मार्ट सिटि वनाउने तयारी प्रदेश सरकारको छ । स्थानीय सरकारहरुले पनि मिनि सिटि निर्माणको तयारी गरीरहेकाछन्, त्यसको लागि प्रदेश सरकारले बजेट छुट्टाएको उनले बताए ।

५ नं प्रदेशलाई आई टि जोनको रुपमा विकाश गर्नका लागि सम्भाव्यता समेत अध्ययन भैरहेको मन्त्री केसीले जानकारी गराए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री केसीले स्मार्ट सिटि बनाउनको लागि सवै सहज दाङमा हुने बताए । “पुर्वाधार निर्माणको हिसावले उदाउन थालेको दाङमा अहिले देखी नै स्मार्ट सिटिको मोडेलमा गईयो भने सहज हुन्छ होईन भने अहिले भक्तपुरको हालत जे छ त्यहि नहोला भन्न सकिन्न” केसीले भने ।
स्मार्ट सिटिको अवधारणालाई प्रस्ट्याउदै आई टि ईन्जीनियर हेमन्त ढकालले यो तुरुन्तै गर्न गर्न नसकिने बताए । “यो जनताले सोचे जस्तो र नेता ज्यु हरुले सोचे जस्तो एकै वर्षमा गर्न सकिने नभई कम्तीमा पनि १० वर्ष लाग्छ” ईन्जिनियर ढकालले भने । स्मार्ट सिटिको अवधारणा अनुसार नै काम गरीयो भने पुर्वाधार निर्माण अथवा वेसीक काम गर्नको लागि एक वर्ष लाग्ने उनको भनाई छ । त्यस्तै जनताले स्मार्ट सिटि बन्दै गरेको अनुभुतिगर्न तीन देखी ५ वर्ष लाग्ने उनले बताए । “त्यहि अनुसार काम हुदै गएमा १० वर्षमा स्मार्ट सीटि भन्न लाएको निर्माण हुने छ” ढकालले भने । तर अहिले नै काम सुरु गर्ने हो भने स्वास्थ्य संस्था तथा विद्यालयहरु त्यसको नमुना बन्न सक्ने ढकालले बताए । कम लागतमा पनि विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा स्मार्ट सिटिको एउटा अंगको रुपमा विकाश गर्न सकिने उनको भनाई छ ।

त्यस्तै स्मार्ट सिटिको अभ्यास गर्दै गर्दा साईवर क्राईम पनि बढ्ने भन्दै त्यस तर्फ सचेत रहन अर्का प्रस्तोता चिरन्जीवि अधिकारीले सवैलाई आग्रह समेत गरे । त्यसका लागि साईवर सेक्युरिटि अपनाउनुपर्ने उनको सुझाव छ । त्यसैगरी अहिलेको साईवर अपराधमा कानुनि प्रावधानहरुका बारेमा समेत अधिकारी जानकारी गराएका थिए ।
कार्यक्रममा वोल्दै घोराही उप महानगरपालीकाका मेयर नरुलाल चौधरीले मानीसको सोचमा परिर्वतन नल्याउदा सम्म स्मार्ट सिटि बनाउदा प्रभावकारी नहुने बताए । “अहिले गाडि भाडा तिर्दा मेरो पैसा गनीदेउ न वावु भन्ने समाजमा स्मार्ट सिटिको अवधारण अनुरुप कार्डको माध्यमवाट तिर्ने बनाईयो भने त्यसको के अर्थ” चौधरीले भने । स्मार्ट सिटि भन्दै जति मिठा भाषण गरेपनि वास्तवमा अझै हाम्रो समाज स्मार्ट नभईसकेको मेयर चौधरीको भनाई छ । अहिले पनि व्यवहारीक ज्ञान नभई सैद्धान्तीक ज्ञानले भरीयको जनशक्ति हामि माझ भएकोले तुरुन्तै स्मार्ट सिटि बनाउन नसकिएपनि तयारी स्वरुप काम गर्नुपर्ने धारणा ब्यक्त गरे ।
कार्यक्रममा क्यान महासंघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष नवराज कुँवरले स्मार्ट सिटिको आधारभुत काम गर्दा स्थानीय सरकारलाई सहयोग गर्न क्यान महासंघ नेपाल तयार रहेको बताए । विगत २५ वर्षदेखी क्यान महासंघले आई टि को क्षेत्रमा काम गरीरहेको भन्दै उनले स्थानीय सरकारले चाहेको खण्डमा प्रविधियुक्त नगर बनाउन सहयोग गर्न क्यान महासंघ तयार रहेको उनले जानकारी दिए । अहिले जसरी स्वास्थ्य सम्बन्धि जनचेतनाका कार्यक्रमहरु गाँउगाँउ सम्म स्थानिय सरकारले लगेको छ त्यस्तै आईटि क्षेत्रका वारेमा पनि जनचेतनाका कार्यक्रमहरु गाँउस्तर सम्म लैजान उपाध्यक्ष कुँवरले स्थानिय तहहरुसंग आग्रह गरे । अभिमुखिकरण कार्यक्रमको प्रायोजन राप्ति ईन्जीनियरिङ कलेज दाङले गरेको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१