ताजा अपडेट

मालपोतमा ३५ करोड राजश्व

          |   129 Views   |   Published Date : 20th July 2018 |

photo-malpot

यमकला भुसाल तुलसीपुर, साउन  । दाङका ३ वटा मालपोत कार्यालयहरु बाट गएको आर्थिक वर्ष २०७४÷०७५मा साढे ३४ करोड बढी राजश्व सकंलन भएको छ । मालपोत कार्यालय तुलसीपुर,घोराही र लमहीबाट गरी ३४ करोड ७१ लाख ८२ हजार ३२ रुपैंया राजश्व सकंलन भएको छ । तुलसीपुर र लमहीमा राजश्व संकलनमा बृद्धि भएता पनि तर समग्रमा तुलनात्मक रुपमा यो राजश्व आर्थिक वर्ष २०७३÷०७४ को कम हो ।

मालपोत कार्यालय तलसीपुरमा गएको आर्थिक वर्ष २०७४÷०७५ मा २० करोड १५ लाख ८३ हजार १ सय १३ रुपैंया राजश्व सकंलन भएको कार्यालय प्रमुख नरेसकुमार खड्काले जानकारी दिए । उक्त रकम आर्थिक वर्ष २०७३÷०७४ को तुलनामा २५ प्रतिशतले बढी हो । कार्यालय प्रमुख खड्काका अनुसार घर जग्गा रजिष्टे«शन शुल्कबाट १६ करोड ६७ लाख २४ हजार ३ सय ९७ रुपैंया राजश्व सकंलन भएको छ भने धितो बन्धक शुल्कबाट १ करोड ६५ लाख ७३ हजार,पुजिँगत लाभकरबाट १ करोड ४२ लाख ६६ हजार ४ सय ११ रुपैंया राजश्व सकंलन भएको छ ।

त्यस्तै न्यायिक तथा प्रसासनिक दस्तुरबाट २७ लाख ४३ हजार ५ सय १७ ,रोक्का दस्तुरबाट १० लाख ८३ हजार २ सय ८८ रुपैया र पुर्जा बिक्रिबाट १ लाख ९२ हजार ५ सय रुपंैया राजश्व सकंलन भएको छ । जग्गाको कारोबारोमा बृद्धि,जनसंख्यामा बृद्धि,बैदेशिक रेमिटान्स, घर जग्गामा बढी लगानी गर्नु जस्ता कारणले राजश्व बृद्धि भएको प्रमुख खड्काले बताए ।

मालपोत कार्यालय घोराहीले गएको आर्थिक वर्ष २०७४÷०७५ मा २० करोड बढी राजश्व सकंलन गरेको छ । मालपोत कार्यालय घोराहीका प्रमुख राम प्रसाद खनालका अनुसार गएको आर्थिक वर्षमा २० करोड १४ लाख ९४ हजार ७ सय ९ रुपैया राजश्व भएको छ ।

उक्त रकम आर्थिक वर्ष २०७३ ÷ ०७४ को तुलनामा कम हो । आर्थिक वर्ष २०७३ ÷ ०७४मा २० करोड ५३ लाख ८७ हजार १ सय ९४ रुपंैया राजश्व सकंलन भएको प्रमुख खनालले जानकारी दिए । त्यस्तै गएको आर्थिक वर्षमा रजिष्टेशन शुल्कबाट ८ करोड १० लाख ३२ हजार ४ सय ९४ रुपैया राजश्व सकंलन भएको प्रमुख खनालले जानकारी दिनुभयो ।

मालपोत कार्यालय लमहीले गएको आर्थिक वर्ष २०७४÷०७५ मा ५ करोड बढी राजश्व सकंलन गरेको छ । मालपोत कार्यालय लमहीका प्रमुख रमेशबहादुर बुढाथोकीका अनुसार गएको आर्थिक वर्ष २०७४÷०७५ मा लमहीबाट ६ करोड ४५ लाख ६६ हजार ४ सय २५ रुपैंया राजश्व सकंलन भएको छ ।

जसमध्ये रिजष्ट्रेशन शुल्कबाट ६ करोड ३६ लाख ७२ हजार १ सय ३९ रुपैया,मुद्धा जरिवानाबाट ५ लाख ५४ हजार २ सय ४० रुपैंया,रोक्का दस्तुरबाट २ लाख १७ हजार ८ सय ९६ रुपैया र लालपुर्जा बिक्रि बाट १ लाख २२ हजार १ सय ५० रुपैया राजश्व सकंलन भएको प्रमुख बुढाथोकीले बताए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१