ताजा अपडेट

दाङमा रगतको अभाव, विरामीहरु समस्यामा

          |   131 Views   |   Published Date : 20th July 2018 |

37393445_951192858399119_7159665703102971904_n

नवीन अभिलाषी दाङ, साउन  । दाङमा विरामीहरुले प¥र्याप्त रगत पाउन सकेका छैनन् । रगत वितरण गर्दै आएको नेपाल रेडक्रस सोसाईटी दाङद्धारा सञ्चालित रक्त सञ्चार केन्द्र घोराहीमा रगतको अभाव हुन थालेपछि विरामीहरुले रगत पाउन नसकेका हुन् । रगत पाउन नसके पछि विरामीहरुलाई समस्या भएको छ ।

घोराहीमा रहेको रक्त सञ्चार केन्द्रबाट मात्रै मासिक रुपमा दुई सय देखि २ सय ५० प्वाईन्ट रगत खपत हुने गरेको केन्द्रले बताउछ । केन्द्रका ईन्चार्ज दिलिप न्यौपानेका अनुसार रक्तदान गर्नेहरु नभएपछि केन्द्रमा रगतको मात्रा कम छ । केन्द्रमा स्टोर गरेको रगत कम हुन थालेपछि विरामीहरुलाई पर्याप्त मात्रामा रगत वितरण गर्न नसकेको न्यौपानेले बताउनुभयो । ‘रगतको अभाव भन्नाले शन्यु अबस्था त हैन तर सामान्यतया रगत कम छ, हामी संग रगत कम भएपछि विरामीहरुलाई मागे जति रगत दिन नसकेको हो ।’ न्यौपानेले भन्नुभयो, ‘रक्तदान गर्नेहरु कम छन्, तर रगत लिनेहरु धेरै छन् । जिल्लामा रगत पुर्याउनु गाह्रो भैरहेको छ ।’

37404772_951193135065758_2914684950185771008_n

अहिले केन्द्रले ३÷४ प्वाईन्ट रगत माग्न आउने विरामीहरुलाई एक ÷दुई प्वाईन्ट रगत दिएर पठाउने गरेको छ । आधा रगत केन्द्रबाट र आधा रगत बाहिरबाट आपुर्ति गर्न भनेको केन्द्रका ईन्चार्ज न्यौपानेले बताउनुभयो । ‘रगतको माग झन बढेको छ । अहिले विरामीहरुलाई चाहिने रगतको आधा वितरण गर्दै आएका छौँ भने आधा रगत बाहिर आफन्त, नातेदार तथा रक्तदाताबाट आपुर्ति गर्नुस् भनेका छौँ ।’ उहाले भन्नुभयो, ‘अहिले केन्द्रमा सम्पुर्ण ग्रुपका रगतहरुको स्टोर कम हुँदै गैरहेको छ ।’ चर्काे गर्मी, क्याम्पस बिदा, कतिपय विद्यार्थीको परीक्षा, खेतीपातीको मौसम, आर्थिक वर्षको अन्त्य लगाएतको समयमा रक्तदान कार्यक्रम कम हुने भएपछि रगतको अभाव हुने गरेको पाईएको रेडक्रस दाङका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनुभयो ।

केन्द्रबाट रगत प्राप्त गर्नका लागि एक प्वाईन्टको ८ सय देखि ८ सय ५० रुपैया सम्म शुल्क तिर्नु पर्ने हुन्छ । रगतको सम्पुर्ण परिक्षण गर्दा लाग्ने खर्च बाहेक पनि रेडक्रसले एक सय रुपैया सम्म शुल्क जोडेर ड सय ५० रुपैया सम्म विरामीबाट शुल्क लिने गरेको अध्यक्ष शर्माले बताउनुभयो । विरामीहरुले रगतका लागि लाग्ने शुल्क बढि भएको गुनासो समेत गरेका छन् । रगत आफैमा अमुल्य भएपनि रेडक्रसले वितरण गर्दै आएको एक प्वाईन्ट रगतलाई मोटो शुल्क तिर्न नसक्ने विरामीहरुलाई समस्या भएको उनिहरुले बताएका छन ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१