सिचाइ आयोजना सफलपार्न गाउँमा डयाम
घोराही, ३ साउन । घोराही उप महानगरपालिका वडा नं १८ को गिठेपानी, फुर्सेखाली मा सिंचाइ आयोजना सुरु भएको छ । वृहत दाङ उपत्यका सिंचाइ आयोजनाले गिठेपानी डयाम जल उपभोक्ता संस्था मार्फत योजना निर्माण कार्य सुरु गरेको हो । अहिले उक्त क्षेत्रमा ड्याम निर्माण कार्य चली रहेको छ ।
अहिले ड्याम निर्माणको कार्य भइ रहेको गिठेपानी डयाम जल उपभोक्ता संस्थाका सचिव दिनेश वलीले जानकारी दिए । चालु आर्थिक वर्षमा डयाम निर्माण गरीने र आउदो आर्थिक वर्षमा थप कार्य अगाडि वढाइने सचिव वलीले जानकारी दिए । उक्त क्षेत्रमा सिंचाइ सुविधा पु¥याउनका लागि १ करोड ४३ लाख ९ हजार कुल वजेट स्वीकृत भएको वृहत दाङ उपत्यका सिंचाइ आयोजनाका इन्जीनियर मदनप्रसाद शाहले जानकारी दिए । यो अयोजना क्रमागत योजना रहेको समेत बताए । क्रममा गत योजना भएकाले काम सम्पन्न नहुदा सम्म निरन्तर कार्य भइ रहने छ । चालु आर्थिक वर्षमा डयाम निर्माण गरीने छ भने अन्य निर्माणका कार्यहरु आउदो आर्थिक वर्षमा गरीने समेत शाहाले बताए ।
निर्माणका लागि ५९ लाख खर्च गरीने छ । भने उपभोक्ताले ९ लाख १६ हजार को श्रमदान गर्नु पर्ने छ । योजना निर्माण भए पछि लिप्ट मार्फत पानी तानेर ओभर हेड टयाङकी निर्माण गरी पाइप मार्फत कृषकको वारी सम्म पानी पु¥याइने इन्जीनियर शाहले बताए । योजना सम्पन्न भएमा ४० हेक्टरमा सिंचाइ सुविधा पुग्ने छ । डयाममा वर्षातको पानी सङकलन गरीने र हिउदको समयमा त्यसै लाइ प्रयोग गरेर सिंचाइ गरीने उपभोक्ता संस्थाले जानकारी दिएको छ । ‘खेर गएको पानी संरक्षण गर्न को लागि डयाम निर्माण गर्न थालिएको हो’ इन्जीनियर शाहले भने । डयाम निर्माण निर्माण भए पछि खेर गएको पानीको संरक्षण तथा सदुप्रयोग हुने छ ।
डयाम निर्माण भए पछि जमिनमा रिचार्ज भएर पानीको मुहान समेत संरक्षण हुने स्थानिय वासीन्दाहरुको भनाइ रहेको छ । उक्त क्षेत्रमा डयाम निर्माण भए पछि गाऊमा रहेका कुवा तथा इनारहरुमा पनि पानी नसुक्ने इन्जीनियर शाहले वताए । उक्त क्षेत्रमा सिंचाइ सुविधा पु¥याउने उदेश्यले यस प्रकारको आयोजना सुरु आत गरीएको हो । उक्त क्षेत्रमा सिंचाइ सुविधा रहेको छैन । सिंचाइ सुविधा नहुदा कृषकहरु आकासे पानीको भरमा खेती गदै आएका छन् ।

Leave a comment