झडपका क्रममा गोली लागेका प्रहरीको मृत्यु
जुम्ला- अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा जुम्ला अस्पतालमा भएको झडपका क्रममा गोली लागेका प्रहरीको मृत्यु भएको छ। बिहीबार बिहान डा केसीलाई लिन नेपाली सेनाको हेलिकोप्टर गएपछि अस्पतालमा स्थानीय र विद्यार्थीले अवरोध गरेका थिए। सोही क्रममा प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार गर्नुका साथै गोली समेत चलाएको थियो। गोली चल्दा एक प्रहरीलाई लागेको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्रोतले ती प्रहरीको मृत्यु भएको पुष्टि गरेको छ। प्रशासनले भने गोली चलेको घटनालाई गुपचुप बनाउने प्रयास गरेको छ। प्रहरीलाई गोली लागेको नभई कसैले सिसाले हानेको दाबी गरिएको छ। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जुम्लामा गोली नै चलेको र प्रहरीमाथि सिसाले प्रहार भएको दाबी गरे। अस्पतालका कर्मचारीले भने अस्पतालमा ४ राउण्ड गोली प्रहार भएको बताएका छन्। Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed