ताजा अपडेट

निरन्तर अगाडी बढ्दै रझेना मावि

          |   286 Views   |   Published Date : 19th July 2018 |

37556845_1839930146045914_3562378753000603648_n रीता लामा दाङ,साउन ३ | भौतिक पुर्वाधार प्रसस्त भएको माध्यामिक विद्यालय रझेनामा २०६४।६५ साल देखि ११ र १२को पढाई पनि सुुरु गर्यो । पढाई सुरु गरे देखि नै विद्यालयको दश जोड दुइको यात्रा निकै सुनौलो बन्दै गइरहेको छ ।

नतिजामा देखिएको उत्कृष्टताले नै विद्यालयका निरन्तर अगाडी बढाएको हो । सरकारबाट केही विषयको शिक्षकको दरबन्दी प्राप्त गर्न नसके पछि विद्यालयले केही शिक्षक नीजिबाट पनि राखेको छ । सोही विषयका शिक्षकको तलव भत्ताको लागि कक्षा ११ र १२मा विद्यार्थीबाट अति नै न्युन शुल्कमा अध्यापन गराइरहको छ । विद्यालयका प्रचार्य उद्धव न्यौपाने दश जोड दुइमा आफुहरुले नै सबै भन्दा थोरै शुल्कमा अध्ययन गराइरहेको बताए ।


अहिले विद्यालयमा विज्ञान, व्यवस्थापन, शिक्षा र सिभिल इन्जिनियएको कक्षा संचालन गरिरहेको छ । जिल्लामा संचालित अन्य सिभिल इन्जिनियएको नतिजा भन्दा रझेना स्कुलकको नतिजा सबै भन्दा राम्रो आएको उनले बताए । साउन १ गते देखि कक्षा सुरु गरिने हुदा अहिले विद्यालयमा भर्नाको फारम वितरण र प्रवेश परिक्षा लिने कार्यक्रम भैरहेको उनले बताए । विद्यालयमा विज्ञान, व्यवस्थापन, शिक्षा र सिभिल इन्जिनियएरमा जम्मा ३ सय ५० जनाको कोटा रहेको जानकारी दिए । अहिले दश जोड दुइमा पनि प्रति कक्षा ४५ भन्दा धेरै विद्यार्थी नराखेका हुदाँ कोटा अनुरुप नै विद्यार्थी भर्ना गर्ने प्राचार्य न्यौपानले बताए ।
विज्ञान संकायको लागि असारको २५ गते प्रवेश परिक्षा गर्न लागेको उनले जानकारी गराए । एसइइमा २.५ जिपिए लिएकाहरुलाई मात्र विज्ञान संकायमा भर्ना गर्ने उनले बताए । साथै व्यवस्थापन संकायमा पनि प्रवेश परिक्षा लिएर मात्र भर्ना गर्ने गरे पनि शिक्षा संकायमा भने जिपिएको आधारमा भर्ना गर्ने उनको भनाई थियो । घोराही बजारको नजिकै तर ग्रामिण बस्तीको बीचमा रहेको मावि रझेनामा शहरका भन्दा पनि ग्रामिण भेगका बालबालिका नियमित पढ्न आउछन । विद्यालयमा विद्यालयमा अध्ययनरत गरिव, जेहेन्दार एवम दलित बालबालिकालाई नियमित छात्रबृद्धिको व्यवस्था पनि गरिरहेको छ । त्यस्तै दश जोड दुइमा पनि विपन्न बालबालिकालाई छात्रबृद्धिको व्यवस्था गरिएको छ ।

शिक्षाबाट कसैलाई पनि बन्चित नगर्ने उद्देश्यले सबैको लागि शिक्षा भन्ने मुल नारालाई आत्मसाथ गर्न यसो गरिएको विद्यालयले जनाएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१