ताजा अपडेट

चुरा र मेहन्दी किन्नेको भिड

          |   207 Views   |   Published Date : 18th July 2018 |

photo, 1

यमकला भुसाल तुलसीपुर, साउन  । साउने संक्रान्तिको दिन लुतो फाल्ने चलन बिस्तारै हराउँदैछ । तर हरियो चुरा र मेहन्दी लगाउनेको संख्या चाहिँ वषौँ पिच्छे बढ्दैछ । खासगरी महिलाले साउन महिनाभर हातमा हरिया चुरा र मेहन्दी लगाउँछन् ।

उसो त साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना नै हो । यो समयमा वन जगंल खेतवारी जताततै हरियाली छाउँछ । नेपाली संस्कृति अनुसार साउन १ गते विधिवत रुपमा लुतो फालेपछि हिलो मैलोको काम सकिएको भन्ने बुझिन्छ । तर पछिल्लो समय जलवायुमा आएको परिवर्तनले पहिले जस्तो साउन महिना लाग्दा खेति सकिएको छैन । अझ कतिपय ठाउँमा भरखरै खेतिको सुरसार हुँदैछ । धर्म संस्कृति मान्ने महिलाहरुमा मात्रै सिमित मेहन्दी र चुरा लगाउने परम्परा आज सबै जसो महिला र युवतीको फेसन जस्तै बनेको छ । साउनमा हरियो चुरा र महेन्दी नलगाउने महिला तथा युवती सायदै अब विरलै पाइन्छ ।

यो संस्कार अब एउटा कुनै भूगोल र जातजातिमा मात्रै सिमित छैन । हिन्दु संस्कार मान्नेहरु मात्रै हैन, हरेक प्रकृति प्रेमीहरु पनि आज साउनमा आफुलाई हरियो चुरा, हरियो कपडा र मेहेन्दीमा सजाउन लालायित देखिन्छन् । साउन महिना लागे सगैँ दाङमा पनि हरियो चुरा र मेहेन्दीको व्यापारमा उल्लेखनिय बृद्धि भएको व्यापारीहरु बताउँछन् । महिलाहरुले साउन महिना भरी नियमित रुपमा लगाउने प्रचलन नै बनेपछि हरियो चुरा र मेहेन्दीको व्यापारमा बृद्धि भएको हो ।

जिल्लाका बजारहरुमा रहेका शृङ्गार पसलहरुमा हिजो आज हरियो चुरा र मेहन्दी लगाएतका विभिन्न श्रृंगारका सामानहरुको राम्रो बिक्री राम्रो भइरहेको छ । पसलहरुमा हरियो चुरा र मेहेन्दी किन्नेहरुका बाक्लै उपस्थिती देख्न सकिन्छ । साउन महिनामा हुने हरियो चुरा र पोशाक प्रतिको आकर्षणलाई मध्यनजर गर्दै बजारमा व्यापारीहरुले पहिले देखिनै त्यो उल्लेखनिय मात्रामा भित्र्याई सकेका छन् ।

जिल्लाको तुलसीपुरमा न्यू बबी कस्मेटिक श्रृंगार पसल गर्दे आएकी धना केसीले साउन महिना सुरु भएसगैँ व्यापार राम्रो भइरहेको जानकारी दिइन । दाङका बजारहरुमा हरियो चुरा र लुगामा सजिएका महिलाको उपस्थिति बाक्लै देखिन थालेको छ । वास्तवमा हरियो संगको प्रेम वातावरणको प्रतिकको सम्मोहन हो । आफुलाई प्रकृति प्रेमी देखिने प्रयास गर्नु हो । हरियो रंग प्रेम र वातावरणको प्रतिक हो । रातो सौभाग्यको प्रतिक हो भने पहेलो पवित्रताको प्रतिक हो । त्यसैले साउन महिनामा रातो, हरियो र पहेलो संमिश्रण गरी कपडा लगाउने, मेहन्दी लगाउने , चुरा लगाउने प्रचलन पछिल्लो समय एउटा परम्पराकै रुपमा विकास भएको छ ।

अझ हत्केलामा जति गाढा मेहन्दीको रंग बस्यो त्यति नै श्रीमानको माया पाइन्छ भन्ने जनविश्वास नेपाली समाजमा व्याप्त छ । त्यसैले पनि त्यो सावित गर्न साउन महिनालाई महिलाहरुले विशेष बनाउन थालेका छन । हरिया चुरा किन लगाउने र लगाउदाँ के हुन्छ ? भन्ने थाहा जानकारी नभएपनि धेरैले यो देखासिकी कै रुपमा लगाउन थालेका छन् । बालिकादेखि क्याम्पसमा पढ्ने छात्रा र उमेर ढल्किसकेका महिलाहरुले समेत हातभरी मेहन्दी र नाडीभरी हरियो तथा पहेलो रगंको चुरा प्रलचन बढ्दै गएको छ ।

विवाहितहरुले आफ्नो श्रीमानको दिर्घायूको कामना गर्दै र अविवाहितहरुले राम्रो श्रीमान प्राप्त गर्न सकुँ भन्ने विश्वासका साथ हरियो पहिरन, चुरा र मेहेन्दी लगाउने गरेको पाइन्छ । यस्तै धार्मिक परम्परा र आस्थाका कारण पनि साउन महिना भरि नै महिलाहरुले ब्रत बस्ने प्रचलन पनि सुरु गरेका छन् । तर सहरीया मिहला भने यसैलाई पार्टी प्यालेसमा गएर मदिरापान गर्ने खराव संस्कृतिको पनि सुरुवात हुनुलाई भने कतिपय पुराना पुस्ताका महिलाहरु गलत ठान्दछन् ।

अरुको नक्कल र देखासिखीले गर्दा समाज गलत वाटो तर्फ जाँदै गरेको त्यस्तो मत राख्नेहरु बताउँछन् । तर पछिल्लो पुस्ता भने त्यसलाई स्वतन्त्रताको रुपमा अथ्याउने गर्छन । यस्तै हरेक वर्ष आउने साउन महिना महिलाहरुका लागि विशेष हुने ज्वातिष ठाकुर देवकोटा बताउँछन् । साउन महिना धार्मिक,सास्कृतिक एवं प्राकृतिक हरेक दृष्ट्रि कोणले महत्वपुर्ण मानिने उनको धारणा छ । नेपाली बजारमा अधिकांश चुरा र मेहेन्दी भारतीय बजारबाट आयात हुने गरेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१