ताजा अपडेट

कागलाई बेल पाक्यो हर्ष न बिस्मत …

          |   1342 Views   |   Published Date : 17th July 2018 |

लेख : रजनी श्रेष्ठ

25660165_1244281355700752_6537873649437786672_n

 दाङ, १ साउन । देश बिकास र परिबर्तन सँगै समृद्धि तर्फ उन्मुख भएको हेर्ने रहर कस्लाई नहोला र ? जहिलेदेखी थाहा पाउने भए देशको समृद्धि भन्दा दुर्गती अर्थात भौतिक संरचनाहरु सँगै हरेक मानबको मानसीक अवस्था पनि तहस नहस हुदै गएको देखेको छु । किनकी देश र जनताको सेवा गर्ने कसम खाएका असल कर्मचारीहरु पनि खै किन हो नागरिक प्रति त्यत्तिको बफादार देखिदैनन् ।


यो समस्या नागरिकले बर्षौदेखी भोग्दै आएको समस्या पनि हो,यसै समस्यालाई निमिट्यान्न पार्नका लागी पनि देशमा समय समयमा राजनितिक उथुलपुथुल हुदै आएका छन् । समय फेरियो अवस्था फेरिएको छ तरपनि जनताका समस्या जहाँको त्यहि नै रहेका छन् । आजपनि आम नागरिकले आफनो काम गर्न र गराउन बिचौलियाको साहारा लिनै परेको अवस्था छ त्यत्तिमात्र होईन् सरकारी सेवा प्रवाह गर्नुपर्ने ठाँउमा पनि सेवाग्राहीको पोशाकको आधारमा,नातागोता,सम्बन्ध र राजनितिक पहुँचको आधारमा काम हुने गरेका छन् ।


बिगतलाई हेर्ने हो भने देशमा आमुल परिबर्तन आएकै मान्नुपर्छ किनकी हिजोको तुलनामा आज महिलाहरुलाई हेर्ने र गरिने ब्यवहारमा केहि सकारात्मकता परिवर्तन आएको मान्नैपर्छ । त्यत्तिमात्र होइन् समुदायमा पनि वा भनौ निति नियममा पनि महिला अधिकारका कुरामा केहि परिमार्जन भएकै छन् भने हरेक क्षेत्रमा केहि न केहि परिमार्जन भएकै मान्नुपर्छ । तरपनि जसरी देश संघियतामा प्रवेश गर्यो,त्यसपछि बोलिएका हरेक नेतागणका आवाजहरु थिए ति सबै आज बोलिमा मात्र सिमित थिए कि भन्ने आभाष हुन् थालेको छ । स्थानिय तहको बर्ष दिन बितिसक्यो तरपनि यो एक वर्षको अवधिमा हामिले के पायौ त ? यो सोचनिय बिषय नै छ अर्थात स्थानिय सरकारले यो अवधिमा देखिन लायकको कामहरु उपमहानगरभित्र के के गर्यो त ?
म कुनै पार्टीको कार्यकर्ता पनि होइन् र कसैको कामप्रति आग्रह र पुर्वाग्रहका साथ यो लेखेको पनि होईन् जिवनमा धेरै त्यसता कुराहरुलाई देखेको छु जहाँ साच्चिकै पिडितले पिडा भोगिरहेकै छ,उनिहरुको स्तर हिजो जहाँ थियो आजपनि त्यहि नै रहेको छ । साच्चिकै परिवर्तन केका लागी र किन भएको थियो त मनमा अनगीन्ती प्रश्नहरु उठ्ने गरेका छन् । किनकी हिजोका दिनमा हरेक नागरिकले न्याय पाउछन्,अधिकार बाट कसैलाई बञ्चित गरिने छैन् । बिभेद कसैले कसैलाई गर्ने छैन् भन्दै सिंहदरबारको अधिकार गाँउ गाँउमा पुर्याउने भन्दै प्रचार गरियो । तर आजका दिनमा पनि शासन ब्यवस्था त उस्तै नै रहेको छ,हिजोका दिनमा भनेजस्तो अधिकार र दरबार कता हरायो कुन्नि सिंह भने गाँउमा प्रवेश गरेकै छ ।
धेरै लम्बीने र हावा कुरै होइन् यो किनकी म यहि उपमहानगरको बासिन्दा हु मैले दैनीक रुपमा बाटोका कारण नागरिकले भोग्नुपरेको पिडा,खोलामा समयमा पुल नबन्दा नागरिकले भोग्नुपरेको पिडा,स्वास्थ्य उपचारका लागी नजिकैको छिमेकी मुलुक धाउनुको पिडा,स्थानिय उत्पानलाई प्राथमिकताका साथ उद्योग प्रवद्र्धनका सवालमा सरकार मौन् बनिदिदा युवा बिदेश पलायन हुनेदेखी अनेकौ समस्याहरुलाई सबैले सहर्ष स्विकार गर्दै बसेको देखेको छु् । समस्या अनगिन्ती छन् तरपनि ति समस्याहरुलाई कसरी समाधान गर्ने त भन्ने ध्याउन्नमा सरकार पनि लागेकै होला त्यसै त सरकार पनि काँहा बसेको होला र ? मेरो मनमा आफैपनि यस्ता प्रश्नहरु कहिलेकाहि उठ्ने गर्छन् ।
यसै बिषयलाई मध्यनजर गर्दै यहि अषाढ २९गते शुक्रबारका दिन घोराही उपमहानगरपालिकाको आयोजना तथा ग्रामीण महिला उत्थान केन्द्र दाङको प्राबिधिक सहयोगमा घोराही उपमहानगरको हलमा उपमहानगरको योजना कार्यक्रम तथा सार्वजनिक सेवा,सुबिधाको प्रभावकारिताका सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा म पनि सहभागी भएको थिए । अहिले उपमहानगरले “हाँसी हाँसी सेवा,सोधि सोधि काम भन्ने”मुल मन्त्रलाई आत्मसात गर्दै आफनो सेवाकार्यलाई अगाडी बढाउदै आएको छ भन्ने कुरापनि मैले त्यहि कार्यक्रम मार्फत नै सुने त्यो सुन्दा खुसी त लाग्यो तर उपस्थीत हुनुभएका सेवाग्राही तथा उपभोक्ताहरुले गर्नुभएको प्रश्नहरु सुन्दा भने कागलाई बेल पाक्यो हर्ष न बिस्मात भने झै लाग्यो किनकी घोराही उपमहानगर वडा नम्बर ५का बलदेब बिश्वकर्माले आफनो क्षेत्रमा हुन थालेको बिकासका लागी कम्तीको सास्ती भोग्नुपरेको रहेनछ त्यो सुनियो,भने संघियताले गर्दा हजारौ रकम खर्च गरेर कर तिर्न आउनुपर्ने बाध्यताका सवालमा पनि केहिले आवाज उठाएको सुनियो ।
यि र यस्तै खालका समस्याका चर्का आवाजहरु हलमा गुञ्जिएका थिए तरपनि समस्या हुन्छ भने समाधानका उपायहरु पनि छन् है भन्ने खालको जवाफ नगरप्रमुख मेयर नरुलाल चौधरीले आफना आगामी योजना सहितका कुराहरु सुनाउनुभएको थियो । हामीले चाहेको बिकास हो,जुन अर्थपुर्ण होस् हामीले चाहेको शुसासनयुक्त र सभ्य सरकार र संस्कार पनि हो त्यसका लागी उपमहानगर आफैले चालेको कदम “हाँसी हाँसी सेवा सोधि सोधि काम भन्ने”मुल मन्त्रलाई आत्मसात गर्दै अगाडी बढ्न सफल होस् शुभकामना पनि छ । आगामी दिनमा कोहि नागरिकले पनि सरकारी सेवा सुबिधाका कारण मलाई बञ्चित हुनुपर्यो वा पारियो भन्ने खालको अनुभुति गर्न नपरोस् मेरो देश समृद्धिको उचाईमा लम्कीदै अगाडी बढ्दै जाओस हरेक नेपालीको चाहना पनि यहि नै हो ।
देश संघियतामा गएपछिको नया सिकाई न हो त्यसैले पनि उपमहानगरले आफुले गरेका काम कत्र्तब्यलाई यसरी नै समय समयमा सार्बजनिक सुनुवाई कार्यक्रम मार्फत सार्वजनिक गर्नैपर्छ वा भनौ नागरिक र स्थानिय सरकारका बिचमा समय समयमा यस्ता सवाल जवाफ कार्यक्रम हुन अत्यन्त आवश्यक रहेछ भन्ने पनि मैले त्यो दिनको कार्यक्रम मार्फत बुझेको हु ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१