ताजा अपडेट

भगवान् बुद्ध नेपालमै जन्मका हुन : भारतीय कलाकार पाण्डे

          |   146 Views   |   Published Date : 15th July 2018 |

MKK_0505

काठमाडौँ, असार | नेपाल भ्रमणमा रहेका एक भारतीय सिने कलाकारले भगवान् बुद्ध नेपालमा जन्म भएको बताउनुभएको छ ।

रुसमा जारी विश्व कप फुटबलको अवसरमा आफना नेपाली प्रशंसकसँग बसेर विश्वकप फुटबलको अन्तिम खेल हेर्न नेपाल आएका बलिउड नायिका पुनम पाण्डेले आज रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उक्त विचार व्यक्त गर्नुभएको हो ।

कलाकार पाण्डेले आफू नेपालमा पहिलोपटक आएको र असाध्यै सुन्दर देशको रुपमा नेपाललाई पाएको बताउँदै भन्नुभयो, “मेरो आमाको मुखबाट नेपालको ’boutमा धेरै कुरा सुनेकी थिएँ, ‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर भन्नुभएको थियो ।”

आमाको भनाइ स्मरण गर्दै उहाँले थप्नुभयो, “म पनि नेपाल आउनका लागि आतुर थिएँ, सौभाग्यवस विश्वकप फुटबलको अवसरमा आउन पाइयो, म बहुत खुसी छु ।”

डेजाभु क्लब दरबारमार्ग काठमाडौँमा भारतीय नायिका पुनम पाण्डेले आफना प्रशंसक माझ भेटघाट गर्ने तथा विश्वकप फुटबलको फाइनले हेर्ने छन् । उहाँले यसपटकको विश्वकप क्रोयसियाले जितोस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो ।

डेजाभु क्लबका सञ्चालक केपी गैरेले कलाकार पुनम पाण्डे नेपाली समर्थकहरुबीचमा रहेर रसियामा जारी विश्वकप फुटबलको अन्तिम खेल हेर्ने चाहना राखेको जानकारी दिनुभयो । (रासस)

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१