स्मार्ट सिटिका मापदण्डको चर्चा

दाङ, असार  ।  दाङको घोराहीका स्मार्ट सिटि निर्माणका आधारहरुको बारेमा चर्चा भएको छ । जनप्रतिनिधिहरुले निर्वाचनमा स्मार्ट सिटिको विषयलाई जोडतोडका साथ उठाएका थिए । अहिले त्यहि स्मार्ट सिटि भएको के हो ? भन्ने बारेमा चर्चा भएको छ । कम्प्युटर एशोसियसन नेपाल (क्यान) जिल्ला शाखा दाङले घोराहीमा आयोजना गरेको एक दिने सुचना तथा सञ्चार प्रविधि सम्बन्धी सम्मेलनका क्रममा स्मार्ट सिटि निर्माणका लागि पुरा गर्नु पर्ने मापदण्डहरुको बारेमा स्मार्ट सिटि विशेषज्ञ हेमन्त बरालले जानकारी गराउनु भएको थियो । त्यसको लागि ब्यक्तिबाट स्मार्ट अभियान सुरु हुनु पर्ने उहाको भनाई थियो । स्मार्ट नागरिक, स्मार्ट घर, स्मार्ट समुदाय, स्मार्ट सिटि पछि मात्रै देश स्मार्ट बन्ने उहाको भनाई छ । यस्तै चिरन्जवी अधिकारीले साईवर अपराधका बारेका प्रस्तुती राख्नु भएको थियो । पछिल्लो समयमा ईन्टरनेटको माध्यमबाट हुने अपराधलाई रोक्नका लागि प्रत्येक ब्यक्तिहरुले साईवर सुरक्षालाई ध्यान दिन उहाले आग्रह गर्नुभयो । क्यान दाङका अध्यक्ष भिमसेन गिरीको अध्यक्षता तथा प्रदेश सरकारका संघीय मामिला तथा कानुन मन्त्री कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाले स्मार्ट सिटि निर्माणकालागि शहरलाई नयाँ स्कटक्चरमा परिवर्तन गर्नु पर्ने बताउनुभयो । त्यसको लागि अहिले निर्माण भैरहेको संरचनालाई दरगामी रुपमा हेरेर निर्माण गर्न सुझाव दिनुभयो । कार्यक्रममा विभिन्न जनप्रतिनिधी, उद्योगी व्यवसायी, अधिकारकर्मी, विद्यार्थी, पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रम संयोजक कर्णबहादुर … Continue reading स्मार्ट सिटिका मापदण्डको चर्चा