एन प्याव्सनद्धारा एसईई उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान

घोराही,  असार । एन प्याव्सन दाङले एसईई परिक्षा २०७४ मा उत्कृष्ट अंक ल्याउने छात्र छात्रहरुलाई सम्मान तथा बधाई गरेको छ ।  दाङको राप्ति गाउँ पालिका वडा नम्वर २ वराखुट्टीमा रहेको पव्लिक एजुकेशन एकेडेमिमा एक कार्यक्रमको आयोजना गरि एसईई परिक्षामा जिल्लामा सवै भन्दा धेरै अंक ल्याउने छात्र छात्राहरुलाई सम्मान गरेको हो । एन प्याव्सन दाङ जिल्ला अध्यक्ष भिम बहादुर वुढाथोकिको अध्यक्षता , एन प्याव्सन प्रदेश नम्वर ५ का संयोजक सुवोधकुमार डागिको प्रमुख आतित्थ्यता एव एन प्याव्सनका केन्द्रीय सदस्य प्रकाश कुमार शर्मा , राप्ति गाउँ पालिका शिक्षा समितिका सदस्य शिवध्वज मल्ल र गढवा गाउँ पालिका शिक्षा समितिका सदस्य शसिराम वलिको विशिष्ट आतित्थ्यतामा कार्यक्रम भएको थियो । सो कार्यक्रममा एन प्याव्सन दाङमा आवद्ध बिद्यालयहरु मध्येबाट एसईई परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने पव्लिक एजुकेशन एकेडेमि देउखुरिका छात्र प्रतिक अधिकारि , सोहि बिद्यालयकि छात्रा गिता सुवेदी र राप्ति वाल एकाडेमि तुलसीपुरका छात्र प्रविण भुसाललाई नगद तथा सम्मान पत्र द्धारा सम्मान तथा पुरस्कृत गरिएको हो । सो अवसरमा बिद्यालयलाई समेत सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । सो अवसरमा बोल्ने बक्ताहरुले बालबालिकाहरुको चौर्तफि विकासका लागी सम्मान कार्यक्रम सहयोगि हुने बताएका थिए । बक्ताहरुले सम्मानका कारणले अन्य बालबालिकाहरुमा समेत पढाई प्रति रुचि वढने भन्दै सम्मानलाई अवसरको रुपमा लिएर अगाडि वढन सुझाव दिएका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि डागिले … Continue reading एन प्याव्सनद्धारा एसईई उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान