ताजा अपडेट

सहि न्याय दिएर जनताको मन पनि जित्नुपर्ने : मुख्य मन्त्री पोखरेल

          |   91 Views   |   Published Date : 14th July 2018 |

37002037_944393062412432_7909013406059855872_n

घोराही,  असार । प्रदेश नम्वर पाँचका मुख्य मन्त्री शंखर पोखरेलले जनताको मत जितेर उपमेयर बनेकाहरुले सहि न्याय दिएर जनताको मन पनि जित्नुपर्ने बताएका छन ।

साथै उनले न्याय दिने सवालमा पनि सामाजिक उत्तर दायित्वलाई विशेष जोड दिन उपमेयरलाई निर्देशन दिएका हुन । पाँच नम्वर प्रदेश र सर्वोच्च अदालत अन्र्तगतको न्यायमा पहुच कार्यक्रमले प्रदेशका ६ जिल्लाका उपमेयरहरुको लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उपमेयरलाई निर्देशन दिदै उनले यस्तो बताएका हुन ।


उपमेयरहरुलाई संविधानले दिएको न्यायिक निकायको काम, अर्थको काम र अनुगमनको काम असाध्यै जिम्मेवार पुर्ण काम भएको हुदाँ उपमेरहरुले क्षमता र आत्मविश्वास बढाएर विशेष जिम्मेवारपुर्ण भएर काम गर्नुपर्ने बताए । साथै उनले उममेयरको काम जटिल भए पनि सहज बनाउनको लागि सबैसँग सहकार्य गरेर अगाडी बढन समेत आग्रह गरेका थिए । ‘न्यायको क्षेत्रमा उपमेयरलाई सक्षम बनाउने तयारीमा हामी छौ ।’ उनले भने ‘न्याय भनेको महत्वपुर्ण क्षेत्र हो । यसलाई न्याय समितीका संयोजकले सहकार्य गरेर सहज बनाउनुपर्छ ।’ उनले आफुले नजानेका कुराहरुलाई सिकेर भए पनि उपमेयरहरुले आफनो जिम्मेवारी पुरा गर्नुपर्ने बताए ।


यस्तै कार्यक्रममा बोल्दै सवोच्च अदालतकी न्यायाधिस सपना प्रधान मल्लले स्थानिय तहमा अहिले ४० प्रतिशत महिला सहभागिता रहेको हुदा आफनो सहभागितालाई महिलाले डटेर भए पनि पुरा गर्नु पर्ने सुझाव दिइन । साथै उनले उपमेयर जस्तो पदमा अधिकासं महिला भएको हुदाँ आफनो जिम्मेवारीलाई महिलाहरुले निष्पक्ष, स्वतन्त्र र विवेकशिल भएर न्याय गर्नुपर्ने बताइन । स्थानिय तह निर्वाचनमा पाटीको वलले उपमेयर बनेको र अव राज्यले उपमयेरलाई सक्षम बनाउने भन्दै उनले उपमेयर स्वयमले प्रतिवद्ध भएर लाग्नुपर्ने बताइन । आफुसँग न्याय माग्न आउनेहरुको लागि न्यायिक समितीका प्रमुखहरुले आस्था, विश्वास र विकल्प सहित न्याय दिनुपर्ने बताइन । न्याय दिने कार्यमा सहज बनाउनको लागि न्यायीक समितीका प्रमुखहरुले सबैसँग सहयोग र सहकार्य गर्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा बोल्दै मुख्य न्यायाधिस नहकुल सुवेदीले आफनो समाजमा भए गरेका विवादलाई आफै समाधान गरेर न्यायको जटिलतालाई सहज बनाउनुपर्ने बताए । राजनीतिक वातावरणबाट आएको भए पनि उपमेयरहरुले फरक परिश्थितीमा न्यायको काम गर्नुपर्ने भएको हुदाँ आफनो क्षमता बढाएर आफनो काम गर्न आगह गरेका थिए । उनले पनि मान्छेको मन मिलाएर विवाद समाधान गर्न आगह गरेका थिए ।
कार्यक्रममा घोराही उपमहानरपालिकाका मेयर नरुलाल चौधरीले पनि आफुहरुले जनताको इच्छा र आकाक्षलाई ध्यानमा राखेर विकास र न्याय दिने काम गरिरहेको बताए ।
पाँच नम्वर प्रदेशका ६ जिल्लाहरु दाङ, बर्दिया, बाके, प्युठान, रोल्पा, र रुकुमका उपमेयरहरुलाई न्यायको कार्यान्वयको बारेमा प्रशिक्षण दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको न्यायमा पहुच कार्यक्रमकी ममता खनालले जानकारी दिइन । दुइ दिनसम्म चल्ने कार्यक्रममा न्यायिक समितीका बारेमा जानकारी, न्यायिक समितीले विवाद समाधान गर्दा पालना गर्नुपर्ने कार्यविधि, मेलमिलापमा न्यायिक समितीको भुमिका लगायतका विषयमा प्रशिक्षण दिइने बताइएको छ । तालिममा उपमेयरहरुलाई प्रयोगात्मक रुपमा समेत सिकाईने आयोजकले जनाएको छ ।

त्यसैगरि तालिमको प्रशिक्षकहरुमा मुख्य न्यायाधिवक्तmा ठाकुर डिसी, न्यायाधिस महेश शर्मा पौडेल, रुपेन्देहि जिल्ला न्यायाधिस नरिश्रर भण्डारी, न्यायाधिस बामदेव ज्ञवाली, दाङ जिल्लाका न्यायाधिस हेमन्त रावल, उच्च अदालत तुलसीपुरका न्यायाधिस रमेश पोखरेल लगायतको रहेका छन ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१