ताजा अपडेट

प्रजिअले गरे आफनो कामको समिक्षा

          |   107 Views   |   Published Date : 14th July 2018 |

37066217_945090305676041_6318592196081614848_n घोराही,  असार । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्दबहादुर श्रेष्ठले आफुले बर्ष भरि जिल्लामा गरेका कामहरुको फेरिहेस्त शुक्रवार पत्रकारहरुलाई सुनाएका छन । उनले जिल्लाका पत्रकारहरुलाई जिल्ला पसासन मै बोलाएर आफुले गरेका गतिविधिहरुको बुदाहरु सुनाएका हुन ।

पत्रकारहरुसँग कुरा गर्दे पजिअ श्रेष्ठले शान्ती सुरक्षा र अमनचैन, सेवा पवाह, विकास निर्माण, विपद व्यवस्थापन, निर्वाचन र विद्यमान चुनौतिको विषयमा आफनो पस्तुती दिएका थिए । जसमा अहिलेसम्म के गरियो ?, के गर्न सकिएन ? र अव के गर्ने भन्ने जस्ता सवालहरु उल्लेख गरिएको थियो । जसमा उनले आर्थिक बर्ष द्द०७४।७५मा परेका साढे दुइ सय मुद्धा मध्य १ सय ६० मुद्धा फच्यौट गरेको र अघिल्लो बर्षको बाकि २६ वटा मुद्धा फरच्यौट गरेको जानकारी गराएका थिए ।

जसमा सार्वजनिक अपराध सम्बन्धि ४७, हात हतियार सम्बन्धि ६, अखाद्य वस्तु विक्रिवितरण गर्ने ६ र कालो बजारी गर्ने १ जनालाई कारवाही गरेको जानकारी गराएका थिए । यस्तै उनले जिल्लाका सरकारी कार्यालयको काम कारवाहीलाई चुस्त पार्नको लागि आफुले नियमित बैठक, अनुगमन, छलफल संचालन गरिरहेको, हरेक कार्यालयमा हेप्प डेक्स स्थापना, घुम्ती शिविरबाट सेवा दिने कार्यमा जोड, हरेक कार्यालय परिषर सुन्दर र सफा बनाउने अभियान थालेको जानकारी गराए । कार्यालयबाट हुने विकासे कामको अवरोध हटाउने, निर्माण सामागीको सहज पहुच, रोकिएका पुराना विकासे कामलाई प्राथमिकतामा पारेको समेत बताए ।

साथै उनले विपत व्यवस्थापन, उद्धार, राहत वितरणको काममा पनि आफुले उल्लेनिय सफलता हासिल गरेको बताए । नदिजन्य पदार्थको अवैध दोहनलाई व्यापक रुपमा नियन्त्रण गरेको दावि पनि गरेका थिए । उनले गत बर्ष सम्पन्न निर्वाचन दाङमा शान्तीपुर्ण रुपमा सम्पन्न गरेको भन्दै खुसि समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्लाका पत्रकारहरुले प्रजिअलाई जिल्लामा बढेको सुरक्षा चुनौति, विकासे कामपतिको ढिलाई, शान्ती सुरक्षा, मानव अधिकार उलङघनको बढ्दो घटना क्रमलाई रोक्नको लागि विशेष पहल गर्न सुझाव दिएका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१