ताजा अपडेट

जिससको दोस्रो नगरसभा समिक्षा, आगामी नीति, बजेट एकै पटक पारित

          |   71 Views   |   Published Date : 14th July 2018 |

jilla-sss-620x330

रीता लामा घोराही, असार । जिल्ला समन्वय समिती दाङले दास्रो नगरसभा सम्पन्न गरेको छ । सभाले गत विगत एक बर्षको समिक्षा, आगामी नीति तथा कार्यक्रम, आगामी आर्थिक बर्ष २०७५।७६ को बजेट र पारित एकै पटक गरेको छ । समन्वय समितीले मुख्य मन्त्री शंखर पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेको थियो ।


कार्यक्रममा जिल्ला समन्वय समिती दाङका प्रमुख जितेन्द्रमान नेपालीले गत बर्ष लक्ष्य भन्दा पनि धेरै राजश्व उठेको बताए । साथै समितीले विकास निर्माणको काममा सन्तुलन ल्याउनको लागि समन्वय र अनुगमनलाई तिव्रता दिएको, सरकारको निर्देशिका बमोजिम कर्मचारी व्यवस्थापनको काम भैरहको, नदिजन्य पदार्थमा भएको अवैध चोरी निकासीलाई पुर्ण रुपमा निरुत्साहित गर्नको लागि अनुगमन तिव्रता दिएको, दिगो विकास निर्माणका लागि साझा धारणा बनाउन स्थानिय तहसँग समन्वयको भुमिका निर्वाह गरिरहेको जानकारी गराए ।


त्यस्तै उनले नदिजन्य पदार्थको २२ स्थानमा ठेक्का सम्झौता गरेको, अवैध उत्खननलाई रोक्नको लागि अनुगमनलाई प्रभावकारी बनाएको, चोरी निकासी पुर्ण रुपमा निरुत्साहित गरेको, क्रसर उद्योगलाई व्यवस्थित गर्ने प्रयास गरेको लगायत अघिल्ला बर्ष गरेको कार्यको फेरिहेस्ती सुनाएका थिए । जसबाट वितेको एक बर्षमा गरेको कार्य र उपलब्धीले आफुुहरुलाई थप उत्साह थपेको र रचनात्मक, समन्वययात्मक र सिर्जनात्मक ढंगबाट जिम्मेवारी पुरा गर्ने हौसला थपिएको समेत दावि गरेका थिए ।
साथै जिल्ला समन्वय समितीका अध्यक्ष नेपालीले जिससको आगामी आर्थिक बर्ष २०७५।७६को नीति तथा कार्यक्रम समेत प्रस्तुत गरेका थिए । जसमा जिल्लाको समग्र विकासको लागि मास्टर प्लान बनाएर अगाडी बढने, निर्माण र सेवालाई प्रभावकारी बनाउने, संघ र प्रदेश मातहतका जिल्लाका सरकारी कार्यालय र स्थानिय तहको बार्षिक प्रगति समिक्षा गरि सार्वजनिक गर्ने, सम्पन्न जनता, समृद्धि दाङको लक्ष्य प्राप्तीको लागि जिल्लाका विकासको आयामलाई प्राथमिकिकरण गर्ने, कामको मुल्याङकन गरि कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गर्ने जस्ता कुराहरु पनि नीति तथा कार्यक्रममा जिससले समावेस गरेको छ । त्यस्तै संघिय सरकार, प्रदेश सकारका लक्ष्य र उद्देश्य हासिल गर्न सहयोग पुग्ने गरि विकासको एकिकृत खाका तयार गर्ने, कृषि योग्य भुमिको सुस्पष्ट किटान गरि कृषिलाई व्यवसायिक करण गर्न फार्म खेतिको प्रर्वद्धनको लागि अनुदान उपलब्ध गराउने, शिक्षा विकासको लागि संंरचना तयार गर्ने, पुष्प सभ्यताको प्रर्वद्धन गर्ने, आवास क्षेत्र व्यवसायीक क्षेत्र, कृषि क्षेत्र, औद्योगिक क्षेत्र सुनिश्चित गरि जिल्लालाई व्यवस्थित र समृद्धि बनाउने नीति अवलब्वन गर्ने लगायतका नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
यस्तै कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख श्रीधर शर्मा पौडेलले आर्थिक बर्ष २०७४।७५को यर्थाथ आयव्यय विवरण र आर्थिक बर्ष २०७५।७६ अनुमानित आय व्यय विवरण समेत प्रस्तुत गरेका थिए ।
गत बर्षको आर्थिक आयव्यय प्रस्तुत गर्दै उपप्रमुख पौडेलले गत बर्ष कुल आम्दानी घ्१ करोड ४६ लाख ९० हजार २ सय ८ रुपैया र खर्च पनि त्यती नै रकम भएको आर्थिक विवरण पेस गरेका थिए । आम्दानीमा केन्द्रिय अनुदान प्राप्ती, निसर्त चालु केन्द्रिय अनुदान, कार्यालयले विभिन्न शिर्षकमा प्राप्त विभिन्न राजश्वबाट आम्दानी गरेको र खर्चमा कर्मचारी व्यवस्थापन, भवन मर्मत, फर्निचर खरिद, मेशिनरी औजार, प्राकृतिक स्रोत साधनको सुरक्षा र व्यवस्थापनमा खर्च भएको खर्च विवरण देखाइएको थियो ।
भने आर्थिक बर्ष २०७५।७६को अनुमानित आम्दानी एकतिस करोड, ९० लाख, २९ हजार २ सय ८ रुपैया र खर्च पनि त्यती नै मात्रामा हुने बजेट अनुमानित गरेका थिए ।

 

नीति तथा कार्यक्रमा मुख्य मन्त्रि सहित जिल्लाका प्रदेश सांसद र प्रतिनीधिसभाका सांसदहरुको सभागिता रहेको थियो । जिल्ला समन्वय समिती दाङको नीति तथा कार्यक्रम सुनिसके पनि प्रदेश नम्वर ५का प्रमुख शंखर पोखरेलले विकासको सवालमा प्रतिपक्ष पनि हातेमालो गर्न आउनुपर्ने बताएका थिए । विकास सबैको हितको लागि भएको हुदा आफनो गाउँ ठाउँको विकासको सवालमा राजनीति नर्गन सबैलाई आग्रह गरेका थिए । साथै उनले जिसस र जनप्रतिनीधिहरुलाई प्रक्रिया, विधि पुरयाएर मात्रै काम गर्न आग्रह गरेका थिए । कुनै पनि काम गर्दा विवादमा नआउनको लागि पहिले नै सावधानी, नियम, कानुनमा टेकेर मात्र काम गर्न सुझाव दिएका थिए । साथै उनले जिससलाई जिल्लाका सबै सासदहरुलाई विकासको मोडेल तयार पार्दा धारणा संकलन गरि एकिकृत विकासको मोडेल तयार पार्न आग्रह गरेका थिए । साथै दाङमा बन्न लागेको विमानस्थिलमा भएको विरोधले आफुलाई दुखि बनाएको बताए ।

विकासको सवालमा विरोधको साटो सहकार्य र सहयोग गर्न उनले जनताहरुलाई आग्रह समेत गरेका थिए । भविष्यको यात्रा भनेको हवाइ यात्रा नै भएको हुदँ दाङमा पनि अन्तराष्टिय स्तरको विमानस्थल अनिवार्य जस्तै भएको बताए । कार्यक्रमलाई संवोधन गर्दे मुख्य मन्त्री पोख्रेलले दाङको विकासका नाममा अरुलाई दुतकार्ने प्रवृतीले जनप्रतीनिधीलाइ कमजोर वनाउने काम भैरहेको बताए ।
यस्तै कार्यक्रममा वोल्दै राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले विचारमा अनेकता भए पनि समग्र दाङको विकास र समृद्धीमा एकरहनुपर्ने वताउदै एकताले दाङको सुन्दर भविस्य निमार्ण गर्ने वताइन ।
राष्ट्रिय सभासदस्य देवकोटाले दाङलाई सुन्दर बनाउनका लागी पर्यावरणको संरक्षण गर्न जरुरी रहेको समेत बताईन । कार्यक्रमका अर्का वक्ता प्रदेशसभा सदस्य सरस्वती गौतमले केन्द«ीकृत शासनप्रणालीको अन्त्य गरी संघियताको अभ्यास गरिरहदा आफनो मानसिकता पनि परिवर्तन गर्न आवश्यक रहेको वताइन । प्रदेशसभा सदस्य गौतमले जनताले छामेर भेटाउने र नापेर देख्न सक्ने विकास गर्न जरुरी रहेको बताइन । कार्यक्रममा प्रदेशसभा सदस्यहरु रेवतीरमण शर्मा, दामा कुमारी शर्मा, उतर कुमार वली लगायतले समृद्ध दाङ र सुखी जनता वनाउने अभियानका साथ विकासका लागी लागिपरेको बताए ।
कार्यक्रमको सहजीकरण जिल्ला समन्व्य अधिकारी कृष्ण प्रसाद गौतमले गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१