ताजा अपडेट

एन प्याव्सनद्धारा एसईई उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान

          |   82 Views   |   Published Date : 14th July 2018 |

2-2-e1531489689901 घोराही,  असार । एन प्याव्सन दाङले एसईई परिक्षा २०७४ मा उत्कृष्ट अंक ल्याउने छात्र छात्रहरुलाई सम्मान तथा बधाई गरेको छ ।  दाङको राप्ति गाउँ पालिका वडा नम्वर २ वराखुट्टीमा रहेको पव्लिक एजुकेशन एकेडेमिमा एक कार्यक्रमको आयोजना गरि एसईई परिक्षामा जिल्लामा सवै भन्दा धेरै अंक ल्याउने छात्र छात्राहरुलाई सम्मान गरेको हो ।

एन प्याव्सन दाङ जिल्ला अध्यक्ष भिम बहादुर वुढाथोकिको अध्यक्षता , एन प्याव्सन प्रदेश नम्वर ५ का संयोजक सुवोधकुमार डागिको प्रमुख आतित्थ्यता एव एन प्याव्सनका केन्द्रीय सदस्य प्रकाश कुमार शर्मा , राप्ति गाउँ पालिका शिक्षा समितिका सदस्य शिवध्वज मल्ल र गढवा गाउँ पालिका शिक्षा समितिका सदस्य शसिराम वलिको विशिष्ट आतित्थ्यतामा कार्यक्रम भएको थियो । सो कार्यक्रममा एन प्याव्सन दाङमा आवद्ध बिद्यालयहरु मध्येबाट एसईई परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने पव्लिक एजुकेशन एकेडेमि देउखुरिका छात्र प्रतिक अधिकारि , सोहि बिद्यालयकि छात्रा गिता सुवेदी र राप्ति वाल एकाडेमि तुलसीपुरका छात्र प्रविण भुसाललाई नगद तथा सम्मान पत्र द्धारा सम्मान तथा पुरस्कृत गरिएको हो ।

सो अवसरमा बिद्यालयलाई समेत सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । सो अवसरमा बोल्ने बक्ताहरुले बालबालिकाहरुको चौर्तफि विकासका लागी सम्मान कार्यक्रम सहयोगि हुने बताएका थिए । बक्ताहरुले सम्मानका कारणले अन्य बालबालिकाहरुमा समेत पढाई प्रति रुचि वढने भन्दै सम्मानलाई अवसरको रुपमा लिएर अगाडि वढन सुझाव दिएका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि डागिले राज्यले निजी बिद्यालयहरुलाई उपेक्षा गरिरहेको आरोप लगाउनु भयो । निजी बिद्यालयहरुमाथि सरकारले क्रमिक रुपमा गरिरहेको प्रहारले पनी त्यो देखाउने बताउनु भयो । सरकारले सामुदायिक बिद्यालयहरुमा अरवौ लगानि लगाए पनी त्यसको कुनै प्रतिफल नआएको तर निजि लगानिमा संचालित स्कुलहरुले सरकारलाई दक्ष जनशक्ति उत्पादन गरेर दिई रहेको बताउनु भयो ।

 

उहाँले पछिल्लो समयमा सामुदायिक स्कुलहरुे निजी बिद्यालयहको सिको गरेर अग्रेजि माध्यमको पठन पाठन लगाएँत अन्यकुराहरु गरिरहेको बताउनु भयो । सो अवसरमा केन्द्रिय सदस्य प्रकाश कुमार शर्मा , राप्ति गाउँ पालिकाका शिक्षा समिति सदस्य शिवध्वज मल्ल , गढवा गाउँ पालिकाका शिक्षा समितिका सदस्य शसिराम वलि , पव्लिक एजुकेशन एकेडेमि देउखुरिका संचालक समिति अध्यक्ष श्रीकृष्ण शर्मा , सोहि बिद्यालयका प्रिन्सिपल बिक्रान्त ज्ञवालि लगाएतकाले बोल्नु भएको थियो ।

एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष बिमल गौतमको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा धन्यबाद उपाध्यक्ष भोजराज न्यौपानेले गर्नु भएको थियो भने संचालन सचिव ठाकुर प्रसाद डागिले गर्नु भएको थिया

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१